पत्रकार मार्न खोज्ने अपराधीलाई कारवाही गरः महासंघ

Read Time:1 Minute, 41 Second

नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालको हत्या प्रयास गर्ने अपराधीलाई कारवाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघको पहिलो चरणको आन्दोलन सम्पन्न भएको छ । महासंघले जेठ ४ गते राजधानीमा विशाल जुलुस प्रर्दशन गरेर अपराधीलाई कारवाही गर्न सरकारलाई दवाव दिएको हो । संविधानसभा हल नयाँबानेश्वर अगाडिबाट निस्केको र् याली माइतीघरमण्डलमा पुगेर  कोणसभामा परिणत भएको थियो ।

महासङ्घका अध्यक्ष शिव गाउँलेले ढकालमाथि हत्या गर्ने उद्देश्यले नै आक्रमण भएको तर भागेर मात्रै बाँच्न सफल भएकाले अपराधीलाई त्यहि अनुरुप कारवाही हुनुपर्नेमा जोड दिए ।

यसैबीच महासङ्घले आइतबार केन्द्रीय समिति बैठक बसी दोस्रोचरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने केन्द्रीय सदस्य दीलिप थापा मगरले बताए । महासङ्घले आक्रमणकारीलाई कारवाही नभएसम्म र आम पत्रकारको सुरक्षाको प्रत्याभूति नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

घट्नाका प्रमुख आरोप युथ फोस्र मोरङका कमाण्डर पर्शुराम बस्नेत भने प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौति दिँदै छातिफुलाएर घुमिरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %