संविधानमा राख्ने विषय थोरै मिल्नबाँकी

Read Time:1 Minute, 25 Second

नयाँ संविधान र परिवर्तन विरोधीहरुले ठूलो हल्ला मच्चाएपनि संविधानमा राख्ने अधिकाँश विवाद समाधान भईसकेको छ ।  संविधानमा मिल्न बाँकी ३०० मध्ये ४८ बुँदा मात्रै मिल्न बाँकी छ ।

संवैधानिक समितिअन्र्तगत गठित विवाद समाधान उपसमितिले पछिल्लो वैठकमा   राज्यपुर्नसंरचना समिति अन्र्तगतको ७८ मध्ये ५२ मुद्दा एकैपटक हल भएको हो । यसअघि मिल्न बाँकी अन्य समितिको ८३ मध्ये ६१ बुँदामा उपसमितिले सहमति कायम गरिसकेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको उपसमितिमा मिल्नबाँकी जम्माजम्मी मुद्दा जम्मा ४८ छ । उपसमितिकी सदस्य कल्पना राणा भने बुँदा ४८ भने लगभग सबै विषयमा सहमति कायम भइसकेको बताउँछिन् । राज्यको शासकीय स्वरुप निर्वाचन प्रणाली र संघीयताका आधार वाहेक सबै विषय टुँगो लागि सकेको राणाले राज्यसत्ता डटकमलाई बताइन । यथास्थितिवादी तत्वले भने संविधान निर्माणसम्बन्धी कामै नभए जसरी हल्ला गरिरहेको राणाको बुझाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %