गाई गोरु काटनेलाई ३ बर्ष जेल सजाय गरिने !

Read Time:5 Minute, 30 Second

जेठ ३०
नेपाल सरकारले आज ब्यवस्थापिका संसदमा फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक पेस गरी गाई गोरु बध गर्नेलाई पंचायतकालमा जस्तै दण्ड सजाय गर्ने कानुन ल्याउन प्रस्ताव पेश गरेकोछ  । उक्त बिधेयकको परिच्छेद २७ को चौपाया सम्बन्धी कसूर शिर्षकको दफा २९१ मा गाई गोरु मार्न वा कुटन नहुने भनी उल्लेख गरिएकोछ । यदि मारेको खण्डमा ३ बर्ष जेल सजाय, कुटेर अंग भंग पारेमा ६ महिना कैद वा अन्य चोट पुरयाएमा पचास हजार सम्म जरिवाना तोकिएकोछ ।
कानून तथा न्याय मन्त्री प्रभु साहले उक्त बिधेयक संसदमा बिचार गरियोस भनि प्रश्ताव गरे पछि आदिवासी जनजाति दलित र मुस्लीम समुदायका सभासदहरुले त्यसको बिरोध गरेकाछन् । यो बिधेयकले धर्म निरपेक्ष घोषणाको उपहास गरेको भन्दै विरोध गरिएकोथियो । लोकतान्त्रीक गणतन्त्र नेपाललाई बदनाम गरेको भन्दै सभासदहरुले विरोध गरेकाथिए  । यसअघि हिन्दुअधिराज्यमा हिन्दुहरुको देउताको रुपमा पुजिने यी पशुको वध गर्न बर्जित थियो । केहि समययता भारतीय पण्डाहरु आई नेपाल हिन्दु अधिराज्य हुनुपर्छ भन्दै आवाज उठाइरहेकाछन् । दलका धेरै नेताहरु पनि प्रत्यक्ष अप्रत्यक्ष यस्तो मागलाई समर्थन गरेर बस्छन् ।
बिधेयकको बिरोधमा माननीय पृथ्वी सुब्बा गुरुङ,  हरिराज खेवा लिम्बु, सपना प्रधान मल्ल , पासाङ सेर्पा, बुद्धरत्न मानन्धर, रुकमिणी चौधरी थारु , सद्रुल मिया हक, बिसेन्द्र पासवान, पुरन िसं दयाल लगायत अन्य धेरै सभासदहरुले बिधेयकको बिरोधमा बोलेकाथिए ।

बिधेयकमा केछ ?
परिच्छेद २७
चौपाया सम्बन्धी कसूर
२९१- गाई गोरु मार्न वा कुट्न नहुने ः
१- कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुराउने नियतले कुनै काम गर्नु हुदैन ।
२- उपदफा १ बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो काम गर्ने ब्यक्तिलाई तिन बर्ष सम्म कैद हुने छ ।
३ -कसैले गाई वा गोरुलाई कुटी अंग भंग पारेमा निजलाई छ महिना सम्म कैद र अन्य चोट पुराएमा पाँच हजार रुपैया सम्म जरिवाना हुने छ ।
४ -उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि कसैले कुनै गाई वा गोरुले आफनो वा अरुको जिउ वा ज्यानमा पुराउन लागेको क्षति बचाउन आवस्यक परेमा कुनै काम गर्दा त्यसतो गाई वा गोरु मर्न गए वा त्यसतो गाई वा गोरुलाई चोट पुगेको रहेछ भने यस दफा बमोजिम कसुर गरेको मानिने छैन ।

२९२- चौपाया प्रति निर्दयी ब्यबहार गर्न नहुने ः
१- कसैले कुनै चौपायालाई कुटी हिर्काइ वा बोक्न सक्ने क्षमता भन्दा बढी भारी बोकाइ वा सामथ्र्य भन्दा बढी दौडाई वा रोग घाउ खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाइ काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा अन्य कुनै किसीमबाट निर्दयी वा क्रुर ब्यबहार गर्न हुदैन ।
२- उपदफा १ बमोजिमको कसुर गर्ने ब्यक्तिलाई तिन महिना सम्म कैद वा जरिवाना वा दुवै हुने छ ।

२९३- सार्वजानिक स्थमा चौपाया मार्न नहुने ः
१- यस संहितामा अन्यथा ब्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै चौपायलाई परम्परा देखी बलि दिदै आएको धार्मिक स्थलमा बाहेक अन्य कुनै पनि सार्वजानिक स्थलमा मार्न हुदैन ।
स्पस्टीकरण ः यस दफाको प्रयोजनको लागि सार्वजानिक स्थल भन्नाले बाटो सडक पुल चौर वा मानिस आवत जावत गर्ने ठाउ सम्झनु पर्दछ ।
२- उपदफा १ बमोजिमको कसुर गर्ने ब्यक्तिलाई १ महिना सम्म कैद वा जरिवाना वा दुवै हुने छ ।

२९४- हद म्याद ः दफा २९२ अन्तरगतको कसुरमा त्यसतो कसुर भएको मितिले र यस परिच्छेद अन्तरगतको अन्य कसुरमा त्यसतो कसुर भएको कुरा थाहा पाएको मितिले ३ महिना नाघे पछि उजुर लाग्ने छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %