पोखरा, २८ जेठ
कास्कीका गाविसका आदिवासी जनजातिका अगुवाहरुलाई आज पोखरामा संघीयता र राष्ट्रिय जनगणना २०६८ सम्बन्धी अन्र्तक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अधिवक्ता हुमबहादुर तमुले राष्ट्रिय जनगणना २०६८ र आदिवासी जनजाति र केशु भुजेलले राज्यको पुर्नसंरचना र संघीयता विषयेक कार्यपत्र प्रस्तुत गरेकाथिए । कार्यक्रमका प्रमुख अतिथि आदीवासी जनजाति जिल्ला समन्वय समिति कास्कीका उपाध्यक्ष मनबहादुर तमुले राष्ट्रिय जनगणना २०६८ को महत्व बुझ्न आग्रह गरे । उनले विवाद रहित संघीय प्रदेश निर्धारण गर्न राजनितिक दलका नेताहरु लागि परेको बताउदै आदिवासी जनजाति समन्वय समितिले कास्कीका आदिवासीलाई एकताबद्ध बनाउने दावी गरे ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता सुरेन्द्र थापा, दीपक तामाङ, धर्म तमु, इमानसिंह तमु, भिमबहादुर श्रीस, पुर्णबहादुर रानामगर, डिवी राई लगायतले आदिवासी जनजातिका अधिकार र राष्ट्रिय जनगणना २०६८ का बारेमा सचेत हुनुपर्नेमा जोड दिएकाथिए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जिविस कास्कीको सहयोगमा आयोजित कार्यक्रममा कास्कीका पैतिस गाविसको प्रतिनिधीत्व रहेको थियो भने तेइस गाविसमा आदिवासी जनजाति गाँउ समन्वय परिषदका संयोजकको चयन पनि गरिएको छ ।
विमला थापा
