कास्कीको सितोरियो कराँतेको उपाधि बगर डोजोलाई, उत्कृठ खेलाडी कर्ण थापा र रुविस्का तामाङ

Read Time:5 Minute, 16 Second

पोखरा, २८ जेठ
प्रथम राजु थापा कास्की जिल्ला स्तरिय सितोरियो कराँतेको उपाधि ८ स्वर्ण सहित वगर डोजोले जितेको छ । लेकसाइडको क्याम्पिङचोकमा भएको प्रतियोगितामा एसओएस वहिनी चार गोल्ड र सैनिक आवाशियले एक गोल्ड र सात सिल्भर सहित तेश्रो भएको छ । बगर डोजोले काँतामा दुइ स्वर्ण जितेको छ । रतियोगितामा पुरुषतर्फ बगरका कर्ण थापा र महिला तर्फपनि बगरकै रुविस्का तामाङ उत्कृष्ठ घोषित हुदै नगद सहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भए ।
२० केजी तौल समुह पुरुष तर्फ बगरका कर्ण थापा प्रथम, हिमाली बालकल्याण प्रताप खड्का द्धितिय, २५ केजी तौलम समुहमा अल्फाका मुगाधन मगर प्रथम र सैनिक आवाशियका अमित थापा द्धितिय, ३० केजी तौलमा बगरका अविनास लामा प्रथम,सैनिकका जीवन गुरुङ द्धितीय,  ३५ केजी तौल समुहमा बगरका विमल पुन,  हिमाली बालकल्याणका लोकमान गुरुङ द्धितिय,  ४० केजी तौल समुहमा सैनिकका सजित अधिकारी प्रथम, सैनिककै विराज अधिकारी द्धितिय, र ५० केजी तौल समुहमा लेकसाइडका आदर्श लामा प्रथम र  सैनिकका रामेश्वर रिमाल द्धितिय हुदै पुरस्कृत भएका छन ।
यसैगरी महिलातर्फ २० केजीमा एसओएस बहिनीकी अनिषा पौडेल प्रथम, लेकसाइडकी  समिका सेन द्धितिय, २५ केजी तौल समुहमा फुलवारीकी रोशनी पुन प्रथम, लेकसाइडकी अञ्जली तिवारी द्धितिय, ३० केजी तौल समुहमा एसओएसकी भावना शर्मा प्रथम, सैनिककी सविना दुरा द्धितिय भइन । यसरी नै ३५ केजीमा एसओएस बहिनीकी विपना आचार्य प्रथम, अल्फाकी  अञ्जु श्रेष्ठ द्धितिय, ४० केजीमा बगरकी रुविस्का तामाङ प्रथम र हिमाली बालकल्याणकी विमला भुजेल द्धितिय, ४५ केजी तौल समुहमा बगरकी सन्ध्या हमाल प्रथम, एसओएस बहिनीकी ज्योति विक द्धितिय र ५० केजी तौल समुहमा एसओएस बहिनीकी तममाया गुरुङ प्रथम र एसएसओकै कल्पना आचार्य द्धितिय हुदै प्रमाणपत्र, मेडलबाट पुरस्कृत भए ।
यसअघि शुक्रवार सम्पन्न प्रतियोगिताको महिला एकल कातामा सन्ध्या हमाल र पुरुष कातामा निर्मल पुन प्रथम हुदै बगर डोजोलाई दुइ स्वर्ण पदक दिलाएका थिए । महिला एकल कातामा अल्फा बोर्डिङकी अञ्जु श्रेष्ठ द्धितिय, एसओएस बहिनीका विपना नेपाली र बगर डोजोकी आशा राम्जाली तेश्रो भएका थिए । यसैगरी पुरुष कातामा बगर डोजोका उदय थापा द्धितिय, बगर डोजो कै अविनास लामा र अल्फाका धनबहादुर मगर तृतिय भएका थिए ।
सितोरियो कराँते संघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरुलाई प्रमुख अतिथि ससस्त्र प्रहरी तालिम महाविद्यालयका अतिरिक्त उपरिक्षक शैलेन्द्र खनाल, बैदाम चौकीका निरीक्षक बेलबहादुर चन्द, बाराही क्लवका अध्यक्ष धरमसिंह लामिछाने, भलिवल संघ कास्कीका उपाध्यक्ष भिम पराजुली, होटल मिलिनियमका सञ्चालक मिलन गुरुङ लगायतले पुरस्कार वितरण गरेकाथिए ।
कार्यक्रममा पत्रकारिताबाट कराँते खेल विकासका लागि विशेष योगदान दिएकोमा अन्नपुर्ण पोष्टका सम्बाददाता विभु भुषाल, कराँते  खेल विकासका लागि योगदान दिनुभएका गोपी भट्टराई, विष्णु गुरुङ, बलराम पहारी, राजेन्द्र पहारी लगायतलाई कदर पत्र र खादाद्धारा सम्मान गरिएको थियो ।
खेलकुद विकास समिति कास्कीको आयोजना, सितोरियो कराँते संघ कास्कीको सहयोग र लेकसाइड डोजोको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा कास्कीका पन्ध्र डोजोका महिला पुरुष गरी सोह्र इभेन्टका चार सय १३ प्रतियोगिहरुले प्रतिस्प्रर्धा गरेका थिए ।

हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %