राष्ट्रिय सरकार बाबुराम भट्टराईको नेतृत्वमा भए कांग्रेसले समर्थन गर्दछ : नारायण खड्का

Read Time:1 Minute, 30 Second

काठमाडौँ, २३ जेठ

नेपाली काँग्रेसका वरिष्ठ नेता डा. नारायण खड्काले नयाँ राष्ट्रिय सरकार डा बाबुराम भट्टराईको नेतृत्वमा गठन भएमा नेपाली काँग्रेसको पनि समर्थन गर्ने बताएका छन्  ।

जनताले इच्छा गरेअनुसारको जनसंविधान बनाउन ठूलो दलको नाताले एकीकृत नेकपा माओवादी जिम्मेवार भई लागेको बताउँदै नेता शर्माले एमाले र नेपाली काँग्रेस पनि त्यस्तो संविधान बनाउन इमान्दार भई सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए  ।

एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता एवम् पार्टी प्रवक्ता दीनानाथ शर्माले डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीलाई कुनै आपत्ति नभएको बताए  ।
उनले झलनाथ खनालको नेतृत्वमा रहेको कामचलाउ सरकारले आफ्नो भरौटेहरूलाई जागिर दिएको, कर्मचारीमा राजनीतिकरणलगायत थुप्रै निर्णय गरेकामा कडा विरोध गरे  ।
रिपोर्टर्स क्लबद्वारा सोमबार  आयोजित साक्षात्कार कार्यक्रममा डा खड्काले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %