बाँके (खजुरा), ५ जेठ
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत सहायकस्तरका कर्मचारी मनोज शर्मालाई भूमिगत समूह कार्यकर्ताको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, भूमिगत सङ्गठन जनतान्त्रिक तराई मुक्ति पार्टीका लागि कर्मचारी शर्माले चन्दा असुली र गुप्तचरको गतिविधि सञ्चालन गर्दै आएका थिए ।
बाँके पिप्रहवा—२ निवासी अभियुक्त शर्माले सो सङ्गठनका नाइके भगत सिंहलाई नेपालगन्जका उद्योगपति, व्यापारीको टेलिफोन नम्बर उपलब्ध गराउँदै आएको प्रहरीको भनाइ छ ।
सो सङ्गठनका नाइके सिंहकै दबाबमा अस्पताल व्यवस्थापनले शर्मालाई आठ महिनाअघि दैनिक ज्यालादारीका रूपमा अस्पतालमा नियुक्ति गरेको जनाएको छ ।
