सबै जाति मिलेर प्रथम शहिदको सालिक ठड्याइने

Read Time:1 Minute, 1 Second

वैशाख २१  
देशभर स्थापना गरिदै आएको प्रथम शहिद लखन थापा मगरको सालिक अब  सदरमुकाम धादिङबेसीमा पनि ठडिने भएको छ ।  बुधबार प्रजिअ भरत पौडेलले एक समारोहबीच शिलान्यास गरेका छन् । जिल्ला प्रशासन र जिविस कार्यालयबीचको क्षेत्रमा निर्माण हुन लागेको अर्ध कदको थापाको सालिक आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, झिंगु नेवा समाज, तमु छोज धिं, नेपाल चेपाङ संघ जिल्ला समिति लगायतको प्रयासमा बनाउन लागिएको हो । यसका लागि जिविसको आदिवासी जनजाति शीर्षकबाट विनियोजित २ लाख खर्च गरिने मगर संघका केन्द्रीय सदस्य हरि पाटामगरले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %