गाँउमै सुन फलाउने धनबहादुर

Read Time:6 Minute, 30 Second

भार्से ५ मयालडाँडा गुल्मीका धनबहादुर पुन ९५१०ले बिगत ५ बर्ष देखी बिश्वमै लोप हुन लागेको अगरउड नामक रुखको बिरुवा उत्पादन र कलमी गर्दै आएका छन् ।

२० बर्ष अघि देखि थाईल्यान्ड बस्दै आएका उनका कान्छा भाई रतन पुनले परिक्षणको लागी नेपाल लिएर आएको बिरुवा राम्रो सँग हुर्किएपछि उनले राम्रो संभाबना देखेर त्यसैको बिरुवा उत्पादनमा लागेका हुन् ।

थाईल्यान्डको अलहारामैन पर्फेम नामक कम्पनीमा अगरउड बाट उत्पादित बिभिन्न सामाग्री बिक्रिगर्दै आएका रतनको सल्लाहा अनुसार धन बहादुरले अहिले ८० लाख खर्च गरेर ९ सय रोपनी जग्गामा बिरुवा लगाएका छन् । रतनका अनुसार यसको प्रशोधन पछि बिभिन्न औषधी , अत्तर , तेल तथा अत्यन्तै महङ्गा सामाग्री बन्न सक्छन् । अगरउड प्रशोधन पछि एक केजीको एक करोड भन्दा बढि पैसा पर्ने थाहापाएर आफुले यतिका खर्च गरेर यो बिरुवाको खेती गरेको धन बहादुर बताउछन् । बिदेशमा राष्ट्र प्रमुख या ठुलाबडालाई स्वागत र बिदाई  गर्दा अगरउडको तेलले छर्कने चलन छरे उनि भन्छन् सुन भन्दा महगो भएपछि त्यतातिर लागेको हु ।

कसरी लगाए धन बहादुर ले अगरउड

२० बर्ष अघि कोरीयाको लागी काम गर्न हिडेका धन बहादुरका कान्छा भाई रतन दलालीले फसाएपछि थाईल्यान्ड पुगे । उनले काम गर्ने अलहारामेन पर्फेम कम्पनीमा अगरउड नामक बोट बाट उत्पादित बिभिन्न सामाग्रीहरु बिक्रिबितरण हुने गथ्र्यो । निकै महँगा तेल , अत्तर उत्पादन हुने अगर उड १५ बर्ष अघि रतनले चितवन रहेकी कान्छी बैनीको घरमा २ वटा बोट लगाएका थिए । त्यहि बाट कलमी गरेर धन बहादरर ले ६ बर्ष अघि आफ्रनो घर १५ सय मिटर उचाइमा रहेको गुल्मीको भार्सेमा सारे । त्याहापनि राम्ररी हुर्किन थालेपछि रतनले थाईल्यान्ड बाट दुई हजार बिरुवा गुल्मी पठाए । उनले २ बर्ष अघि क्याम्बोडिया, भियतनाम , अछामको सिलेट लगाएतका स्थान बाट प्रति बिरुवा ५ सय तिरेर १० हजार बिरुवा लगाएका थिए । अहिले भारतको अछाम हुजाईलँका बाट मफासिया ४५  र भिलाल २४ दुई जना नर्सरी बिज्ञ लाई घरमै राखेर १ लाख जति नर्सरी गरेका छन् । गाउमा फालिएको सात सय रोपनि जग्गा किनेर २ लाख बढि बिरुवा रोपेका छन् । पाच जना स्थाई र बिरुवा उत्पादन र लगाउने बेला ३०, ४० जनाले रोजगारी पाईरहेका छन् ।

के हो अगर उड
खयर, सिशौ, साल, जस्तै अग्लो र ठूलो हुन्छ । अगर उड हुर्कन र बढ्न अरुलाई जस्तै समय लाग्छ । हावामा चिसो पन भएको ठाउहरु विशेष गरी समुन्द्री सतह देखि केही नजिक भएका ठाउहरुमा यसको विकास छिटो हुने धनबहादुर बताउछन् । पानी र घाम अत्याधिक चाहिने अगर उडको बिरुवा लगाएको एक बर्ष पछि मात्रै बाच्ने या नबाच्ने पत्तो पाउन सकिन्छ । पाच बर्ष पछि दाना फल्न सुरु गर्ने यसको बिरुवालाई ६ मिटरको दुरीमा बिशेस गरी भिरालो ठाउमा लगाउनु उपयुक्त हुन्छ । बिरुवा लगाएको १८,२० बर्षपछि पनि प्रशोधन गर्न सकिने अगरउड छिप्पिएपछि प्रशोधन गर्नु उपयुक्त हुन्छ । औषधीको लागी केमिकल भन्दा अर्गानिक मलको प्रयोग राम्रो हुने भएकाले धन बहादुरले १५ वटा भैसी , ७ वटा गोरु , र ७० भन्दा बढि बाख्रा पालेका छन् ।

को हुन् धन बहादुर
बुबा टेक र आमा दुर्गा बाट ५१ बर्ष अघि गुल्मीको भार्सेमा जेठो छोराको रुपमा जन्मिएका धन बहादुर पुर्ब भारतीय सिपाही हुन् । उनका ३ भाई र एक बैनी छन् । दुई छोरा र एक छोरीका बाबु धन बहादुर ९ कक्षा भार्से गुल्मी, एस एल सी भारतीय आर्मी स्कुल, र दसजोड दुई सेनामै भर्ती भएपछि उत्तिर्ण गरेका थिए । उनका बुबा र माहिला भाईपनि भारतिय सेनामै थिए । पहिले देखीनै कृषि प्रति रुचि राख्ने धन बहादुरले फलफुल खेती गर्ने र गाउघरका जडिबुटीहुने बोट बिरुवा सँरक्षण गर्दे आएका थिए । १० बर्ष भारतीय सेनामा बिताएपनि उनि घर फर्किएपछि गाउमै भैसी  बाख्रा पालेका थिए । उनको यहि लगाब देखेर भाई रतनले नै अगरउडको खेती गर्न सुझाएका छन् । गाउमा समाजसेबीको उपमा पाएका धन बहादुरले जुहाङ्ग देखि भार्से १२ किलो मिटर बाटो आफै अध्यक्ष भएर खनेका छन् भने भार्से जनसहयोग माबिको लामो समय ब्यबस्थापन समितीको अध्यक्ष भएर काम गरेका छन् । भगवानको दर्शन गर्न जहाबाट जो सुकै पनि आउने भए जस्तै अगरउड पनि भगवान जस्तै भएकाले यसको बिक्रीपनि यहीबाट हुन सक्ने धन बहादुर बताउछन् । छिट्टै प्रशोधन गर्ने मेसिन ल्याउने सोचमा रहेका धन बहादुर चिन्तामा परेको बेला यसको धुवा लिदा समेत फाईदा पुग्ने उनले बताएका छन् ।

 

भार्सेबाट फर्केर देव पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %