जनगणनामा आदिवासीको सही तथ्यांक ल्याउन जनजाति महासंघको माग

Read Time:1 Minute, 6 Second

काठमाडौ , चैत्र १६
जनगणनाका बेला आदिवासीको तथ्यांक गलत रुपले संकलन हुँदै आएको बताउदै नेपाल आदिवासी जनजाति महासंघले सोमबार केन्द्रिय तथ्यांक विभाग अगाडि  धर्ना दिएको छ ।
विभागले आगामी असारदेखि एघारौ जनगणना सुरु गर्न लागेको  वेला पुरानो गल्ती  नदोहो¥याउन आदिवासी जनजातिले सचेत गराएका हुन् ।
महासंघका अध्यक्ष राजकुमारी लेखी थारुको नेतृत्वमा एक घन्टा धर्ना दिएपछि समूहले महानिर्देशक उत्तमनारायण मल्ल तथा उपमहानिर्देशक विकास विष्टलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
महासंघ टोलीले सोमबारै सभामुख सुवाचन्द्र नेम्वाङ र संवैधानिक समितिका संयोजक निलाम्वर आचार्यलाई  समेत भेटेर आफ्नो सरोकार अवगत गराएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %