जनजातिले हदै गरेपछि खोलियो ब्राह्मण समाज

Read Time:14 Minute, 8 Second

प्रा. नारायणप्रसाद अधिकारी अध्यक्ष- ब्राह्मण समाज नेपाल

किन आवश्यक प¥यो ब्राह्मण समाज  कहिले गठन गर्नुभएको पृष्ठभूमि पनि वताइदिनु न ?
सवै जातजातिहरुले आफ्ना संगठन खोलेपछि यो स्थापना भएको हो । सवैभन्दा कान्छो संगठन हो ।

 

प्रा. नारायणप्रसाद अधिकारी

जातीय संगठन गर्नेपर्र्ने जस्तो थिएन । दलहरुले जातिय प्रतिवद्धता गरे । भोलीको अवस्था ख्याल गरेनन् । जातीय राज्यको वचन  अनि आरक्षण दिए । ब्राह्मणहरु जातीय संगठनको शारीरिक र मानसिक पीडा खप्न वाध्य भए । पोखरामा तमुवान राज्य घोषणा गर्ने सिलसिलामा ब्राह्मणहरुलाई असैह्य गाली गरियो । ब्राह्मण कासी जाऊ , क्षेत्रीहरु फाँसी जाऊ यो भूमि हाम्रो हो । हामीमाथि शोषण गर्ने कुनै अधिकार छैन भन्ने नारा जुलुस गरे । हामी ब्राहमण उनीहरुको गाली र चर्काे भाषण नमिठो गरि सुन्यौ । सदियौ देखि यहाँ मिलेर वसेका र दाजुभाई जस्तो ब्यवहार गदै आएकाहरुलाई समेत त्यो घटनाले नमिठो अनुभव गरायो ।
त्यस्तै पश्चिममाञ्चल क्षेत्रिय अस्पतालमा गुरुङ बालिका उपचारका क्रममा मृत्यु भयो । डाक्टरको लापरर्वाहीवाट उनको ज्यान गएको थियो । तमू धिं कास्की नामक संस्थाले अस्पताल घे¥यो । उतm संस्थाकोे दवावमा अस्पताले २० लाख रुपैयाँ क्षतिपूर्ति दियो । तर केही समयपछि त्यस्तै घटनामा एक ब्राह्मण समूदायकी वालिकाको पनि मृत्यु भयो । तर उनको न कसैले क्षतिपूर्ति दियो न त उनको पक्षमा वोल्ने कोही नै भयो । बाहुनको संस्था पनि थिएन । एउटै प्रकृतिका घटनामा संगठनले धेरै प्रभाव पारेको महशुस हामीलाई भयो । संगठन नहुदा एक्लो हुदो रहेछ भन्ने पनि गरायो हामीलाई । पोखरामा अर्काे घटना पनि भयो । दुई पुजारीलाई घाटी रेटेर मारियो । त्यही समयमा काठमाडौको एक चर्चमा एक ब्यतिm मारिएका थिए । त्यो घटनामा प्रधानमन्त्री माधवकुमार नेपाल स्वयम् गएर छानविन गर्न देखि संवेदना दिने काम गरे तर पूजारीको विषयमा न त मिडियाले लेखे न सरकारले चासो लिएर हत्यारालाई कारर्वाही गर्ने काम नै ग¥यो ।  
। यी घटनाले ब्राह्मणहरु निरीह वन्दै भएको यथार्थ अनुभव गरायो । देशका कुनै भागमा पनि एउटा ब्राह्मणलाई टक्याक हिरर्काएर मारेमा पनि वोल्ने कोही रहेन्छ भन्ने कुरा देखायो ।
विंस २०६६ जेठ २२ मा राष्ट्रिय ब्राह्मण समाजको स्थापना भयो । ब्राह्मणको नाममा खुलेका र छरिएर रहेका ११ वटा संस्था रहेछन् । अन्यतिर भएका संगठनलाई एकिकरण गर्ने निर्णय गरेर देवघाटमा ब्राह्मण समाज नेपाल गठन गरियो । काठमाडौमा विधान  दर्ता गरियो । अहिले ६३ जिल्लामा यसको संजाल छ । वाँकी जिल्लामा पनि गठन गदै जान्छौ । भोली गएर हामी माथि जाइलाग्न थालियो भने पनि हामीले पनि केही गर्नुपर्दछ आत्मरक्षाका लागि भनेर संगठनलाई अगाडि वढाएका हौ ।

व्राह्मणहरु अरु जनजातिले  भाग खोस्न थाल्यो भनेर जाग्न थालेका हुन् ?
व्राह्मणले जनजातिको भाग खोस्न चाहेका छैनन् । हिजो ब्राह्मणहरु अगाडि थिए । ब्राह्मणलाई आरक्षण दिएर अगाडि आएका थिएनन् । आफ्नै परिश्रम र वाहुवलले पुगेका थिए ठूलो ठाउँ र राज्यका महत्वपूर्ण ठाउँमा । जनजातिहरुले वाहुनकै कारण आफूहरु अगाडि वढन नसकेको ठान्नु  भ्रम हो । वाहुनलाई त्यहाँसम्म पुग्न कसैले सहयोग चाही गरेको होइन । आफ्नै कठोर परिश्रम र साधनाले खुल्ला प्रतिस्पर्धामा आएर नै ब्राह्मण ब्राह्मण वनेका थिए । त्यो अवसर प्राप्त गर्न त सवैलाई वाटो खुल्ला नै थियो ।
एउटा गुरुङको छोरा कहिले छाती ३२, ३३ इन्च पुग्ला भनेर नापेर वस्छ अनि भर्ती हुन जान्छ , कसिएर पढदैन , पढनतिर ध्यान दिदैन । वाहुनको छोरा कसिएर पढछ अनि लोकसेवा पास गरेर जागिर खान्छ । कसैको भाग खोस्न यो संगठन स्थापना भएको होइन । वाहुनको त्यो माग पनि होइन । दौडेर अगाडि जानेलाई खुट्टा तानेर जित्छु भन्नु राम्रो होइन । सवैलाई कसरी अगाडि वढाउने र पछाडी परेकालाई कसरी अगाडि वढाउने हो त्यो सोच्नु पर्दछ अनि सवैको विकास  हुन्छ । देशमा अग्रगमनको कुरा गर्ने अगाडि गएकालाई पछाडि धकेल्न खोज्नु उचित कुरा होइन ।
प्रहरी र सेनामा वाहुनको संख्या कम छ । तर अरु क्षेत्रमा वाहुनको वाहुल्यता छ । लोकसेवामा पनि ५० प्रतिशत आरक्षण अरु जातिलाई दिइएको छ । वाहुनको संख्या धेरै भएको छ तर खुल्ला प्रतिस्पर्धामा मात्र लडन पाउने ब्यवस्था गरिएको छ । खुल्ला प्रतिस्पर्धामा जो पनि आउन पाउँछ । उता अरु जातिलाई  आरक्षण पनि खुल्लामा पनि लडन पाउने तर वाहुन आरक्षणमा लडन पाउदैन यही नै हामीलाई गुनासो अनि चित्त नवुझने कुरा हो । सेना र प्रहरीको उच्च पदमा वाहुन होइन जनजाति नै पुगेका छन् ।

किन यसरी ¥याली  जुलुश  गर्नुपर्यो , अरुले कान काटे भन्दैमा ब्राहमणहरु त ज्ञानी मान्छे भन्नुहुन्छ, किन कान काट्नु पर्यो ?
परिस्थती उपज हो । जातीय संगठन बनाउने प्राणी हामी होइनौ । आत्मसंरक्षणको लागि हो । भोलि बन्ने सविधानमा भेदभाव गरिदैन भने पछि त्यो त्यसै सकिन्छ । आज भोलि आवाज उठाए र कराएमात्र सुनिने संस्कार छ । शान्तिपूर्ण जति सभा सम्मेलन गरेपनि त्यसले केही नहुने भैसकेको छ ।

तपाईहरुको माग के हो ?
हामीलाई भाग चाहिएको होइन र भाग माग्न हामीले संगठन खोलेको पनि  होइन । जातीय राज्य वनाउनु हुन्न राष्ट्रलाई अहित हुन्छ । जातीय राज्यको कारण छैन । जुन जाति ७५ प्रतिशत वसोवास गर्दछ र ८० प्रतिशत भाषामा पनि त्यही जातिको वाहुल्यता छ भने मात्र जातीय राज्य दिन सकिन्छ भन्ने अन्तराष्ट्रिय मान्यता छ । त्यो हिसावले नेपालमा कुनै पनि जातिको लागि छुट्टै राज्य संम्भव नै छैन । अल्पसंङख्यकले शासन गर्नु भोटको राजनीति मात्र हो । ब्राह्मणहरुलाई राज्य चाहिएको होइन । राष्ट्र र राष्ट्रियता वचाउनु पर्दछ यही नै हाम्रो माग हो । अनि राज्यलाई हामी यही सुझाव दिन्छौ ।

ब्राह्मण समाजभित्र क्षेत्रीहरुलाई पनि समेटन सक्नुभएन छ त ?
ब्राह्मण र क्षेत्री मिल्न चाहेनन् । पूर्वतिर ब्राह्मण र क्षेत्री भित्र वैमनश्य छ । क्षेत्री समाजलाई पनि यसैमा एकीकरण गर्ने हाम्रो  चाहना हो ।

ब्राह्मणको खासै केही पहिचान त छैन नि ?
ब्राह्मणहरु समाज र संस्कृतिप्रति जागरुक छन । संस्कार र संस्कृति धर्म आदि वैज्ञानिक र विधिसंम्वत् छन् । धर्ममा विज्ञान खोज्दै अगाडि वढनु पर्दछ अव ।  राजनीतिक अधिकारका लागि पहिचान वनाउने होइन । ब्राह्मणले सिङ्गो मुलुकको हितको चिन्तन गरेको छ । जातीय राज्यले मुलुकलाई सही दिशा निर्देश गदैन ।

यसरी त समाजमा जातीय द्वन्द्व बढ्दैन ?
जातीय द्वन्द्ववाट नेपालीलाई फाइदा हुदैन । जातिय द्वन्द्व वढाएर विदेशीहरुलाई नै फाइदा पुग्छ । राज्य कमजोर हुन्छ । आन्तरिक झगडा हुदा छिमेकी वलिया हुन्छन् । नेपालीहरुलाई भन्दा विस्तारवादी शतिmहरुलाई फाइदा पुग्छ । नेपाल जातीय द्वन्द्वको संम्भावना नजिक छ त्यही भएर त्यस्तो परिस्थिति नआउदै हामीले सचेत पार्न खोजेका हौ । जातीय सद्भाव र राष्ट्रिय स्वाभिमान हाम्रो नारा हो ।
जातीय विभेद सहित संविधान वन्नुपर्दछ भन्नुभएको छ , त्यो कस्तो संविधान हो ?
संविधानमा आरक्षण वर्गको आधारमा होस् जातिका आधारमा होइन । जातका आधारमा राज्य होइन शातिmको विकेन्द्रिकरणका लागि होस् संघीयता । १० वटा जातिलाई मात्र राज्य दियो भने सवै जातजाति भएको मुलुकमा अरु जाति के गर्दछन् ?

संविधान जनजातिपक्षमा आयो  वा ब्राह्मणको माग संम्वोधन नभए तपाईहरु के गर्नुहुन्छ ?
जातिय आधारमा विभेद गरिएको संविधान आयो भने ४६ प्रतिशत जनताले वहिष्कार गर्दछन् । त्यो संविधान लागू गर्न ब्राह्मण समाजले दिनेछैन ।

तपाईहरु आफुलाई आदिवासी दावी गर्नुहुन्छ । ब्राह्मणहरु कसरी आदिवासी भए  ? ब्राह्मणहरुको ऐतिहासिक पृष्ठभूमी के हो ?
ब्राह्मण एउटा उपाधी हो । जिवन र जगतको ज्ञान हासिल गर्ने  ब्राह्मणले आदिम काल देखि विभिन्न क्षेत्रमा ज्ञानकै कारण अगाडि आएको हो । ब्राह्मणलाई दिइएको उपाधिले  पारिवारिक रुप लियो । ब्राह्मणहरु आदिवासी हुन् । आगन्तुक होइनन् । ३५ लाख जनसंख्या भएको जातिलाई राज्यले जाति नै होइनौ भनेको छ । त्यो सरासर ब्राह्मणमाथि गरेको अन्याय हो । नेपालभित्र नै वसिरहेको जाति चाही कुन ? ब्राह्मणको ५ हजार वर्ष अगाडिको इतिहास छ ।  शेर्पा जाति  १५३० –१६०० तिर तिब्वतवाट आएर हिमाली क्षेत्रमा वसोवास गरेका हुन् । ८ सय वर्ष अगाडि गुरुङ र १ हजार वर्ष अगाडि मगर जाति नेपालमा वसोवास गर्न थालेको इतिहास छ । भगवान गौतम वुद्धको जन्म हुदा पनि ब्राह्मण वोलाइएको थियो । काठमाडौका राजा मानदेवको समयमा विसं ३८७ को  शिलामा पनि त्यो कुरा उल्लेख छ ।
सबै तिर बाहुनको बर्चश्व छ तर ति शासक र राजनीतिक दलहरुले भोटका लागि आत्मघाती निर्णय गरेका हुन् । ती नेताहरु राष्ट्र र राष्ट्रियताको वारेमा चिन्ता नै गरेनन् । उनीहरु जातिघाती र राष्ट्रघाती हुन् ।

ब्राह्मणहरु आजको २१ औ शताब्दीको समयमा पनि धर्ममै आधारित भएर आफूलाई माथि उठाउन खोज्नु अनि त्यही अनुरुप समाजको परिकल्पना गर्नु  नमिल्दो भएन र ?
ब्राह्मणहरु आध्यात्मिक जाति हो । धार्मिक र मानवीय कुरा छन् । पहिले सामाजिक मूल्य र मान्यताहरु धर्ममा नै आधारित थियो । धर्मले नै समाज र सामाजिक कृयाकलापलाई दिशा निर्देश गरिरहेकै छ । तर धर्म नमान्ने र आधुनिक हुने होडमा समाजमा विकृति र हिंसा उब्जिएको हो । धर्ममा आधारित संस्कृति नै राष्ट्रिय सस्कृति हो । अरु मुलुकहरुमा पनि त्यही ब्यवस्था छ । पोशाक र सस्कृत भाषा अहिले ब्राह्मणले छाडेका छन् । तर विशेष ठाउँमा अझ पनि कायम नै राखिएको छ ।

प्रस्तुति ः गोविन्द लुइँटेल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %