जिल्ला प्रशासन कार्यालय चितवनद्धारा पारस शाहलाई अर्को तारेक

Read Time:3 Minute, 1 Second

चितवन, १९ फागुन

गत मङ्सिर २५ गते राति चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल टाइगर टप्समा गोली चलाएको अभियोगमा तारेखमा रिहा भएका पूर्वयुवराज पारस शाहलाई आगामी चैत २ गतेका लागि जिल्ला प्रशासन कार्यालय चितवनले आज अर्को तारेख तोकेको छ ।

आफ्ना सयौं समर्थकसहित जिल्ला प्रशासन कार्यालय चितवन आएका पूर्वयुवराज शाहलाई केही सार्वजनिक अपराध ऐन उल्लङ्घन गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।

प्रशासन कार्यालयमा वादी र प्रतिवादीका तर्फबाट आठ जनाले बकपत्र गरेका थिए । प्रतिवेदक गङ्गाबहादुर क्षेत्रीले गोली प्रहार आफूले देखेको नभएर सुनेको मात्र भन्दै बकपत्र गरेका थिए ।

त्यसैगरी पूर्वयुवराज शाहका निकटस्थ फणिन्द्र भण्डारी, डा राजीवराज शाही, आदर्शविक्रम राणा र अभयबहादुर शाहले पूर्वयुवराजबाट कुनै कसुर नभएको जिकिर गरेका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले पेसी तारेख तोकेका हुन । सो क्रममा पूर्वयुवराज शाहका तर्फबाट वकालत गरेका अधिवक्ताहरु मोहन गिरी, बिष्णु भट्टराई, गणेशबहादुर खत्री, श्रीप्रसाद पण्डित, हिरा रेग्मीलगायतको उपस्थिति थियो ।

पारस शाहसँगै उहाँका सयौं समर्थक पनि जिल्ला प्रशासन कार्यालय चितवन पुगेका थिए । उनीहरुले राजसंस्थाको पक्षमा नारावाजीसमेत गरेका थिए ।

सो क्रममा उनीहरुले ‘गणतन्त्र धोका हो, झुट्टा मुद्दा खारेज गर, वैदेशिक हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाएका थिए । राजधानीबाट स्थलमार्गहुँदै आएका पारस शाह नवलपरासीको गैंडाकोटस्थित राजमार्ग शिलान्यास चोकमा समर्थकका साथ फूलमाला चढाउन पुगेका थिए  ।

त्यहाँबाट उनी समर्थकका साथ ¥यालीसहित जिल्ला प्रशासन कार्यालय आएका थिए  । जिल्ला प्रशासन कार्यालयमा तारेख लिन बा५च ८९७९ नम्बरको गाडी आफंै चलाएर आउँदै गरेका शाहलाई मुग्लिनमा उहाँका सर्मथकहरुले स्वागत गरेका थिए ।

प्रहरी स्कटिर्ङमा चितवन आउँदै गरेका पारसको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय नजिकै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %