काठमाडौँ, १९ फागुन
राजधानीमा भएका छुट्टाछुट्टै दुर्घटनामा गएराति दुईजनाको मृत्यु भएको छ । ताहाचलमा बा३१प ५४७० नम्बरको मोटरसाइकलको ठक्करबाट सुनसरी घर भई ताहाचाल बस्ने ४० वर्षीय मेनुका आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी निजको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै दुर्घटनामा परेका १२ वर्षीय अनुष अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी गएराति नै बा२ख ५४७० नम्बरको मिनिट्रक चोभारमा अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको र दुर्घटनामा घाइते अन्यको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
