बुटवल, १९ फागुन
नेकपा (एमाले) केन्द्रीय प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले संविधानसभाको बाँकी तीन महिनामा संविधान लेखन र शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउने काम एमाओवादीको इमान्दारीमा भरपर्ने बताएका छन् ।
प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले शान्ति र संविधानलाई टुङ्गोमा पु¥याउन एमाले प्रतिबद्ध रहेको बताउँदै माओवादीले इमान्दारी देखाउनुपर्ने र नेपाली काँग्रेसले आशङ्का हटाउनुपर्नेसमेत बताए ।
नयाँ संविधान लेखन र शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउने वर्तमान अवस्था अन्तिम विकल्प रहेको बताउँदै जनतामा रहेको निराशा, आक्रोशलाई बुझेर नेपाली काँग्रेस वर्तमान सरकारमा आउनुपर्ने बताए ।
उनले नेपाली काँग्रेसलाई वर्तमान सरकारमा सहभागी गराउन छलफल भइरहेको समेत बताए । नेता ज्ञवालीले नेपाली काँग्रेस सरकारमा सहभागी भए गृहलगायतका सुरक्षासम्बन्धी मन्त्रालय दिन कुनै समस्या नभएको प्रष्ट पारे ।
नेता ज्ञवालीले माओवादी लडाकूको अलग्गै सुरक्षादस्ता बनाउने नभई विद्यमान सुरक्षा फौजमा नै समायोजन गरिने बताए ।
