व्यवस्थापिका–संसद् बैठक स्थगित

 

काठमाडाँ २६ माघ

व्यवस्थापिका–संसद्को आज बस्ने भनिएको बैठक विशेष कारणवश सूचना टाँसेर स्थगन गरिएको छ ।

व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीबमोजिम विशेष कारणवश आजको बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ ।

व्यवस्थापिका–संसद्मा यही माघ २४ गते सूचना टाँस गरेर आज १ बजेका लागि बैठक तोकिएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि बिहीबार दिनको ३ बजे बस्ने सूचनामा उल्लेख छ ।