प्रधानमन्त्री खनालद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, २३ माघ

राष्ट्रपति डा रामवरण यादवले आज राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई पद तथा गोपनीयताको शपथ खुवाएकाछन ।

प्रधानमन्त्री खनाललाई यही माघ २० गते बसेको व्यवस्थापिका–संसदको बैठकले बहुमतबाट प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । उनलाई एकीकृत नेकपा (माओवादी), नेकपा एमाले सहित १० दलबाट ३६८ मत प्राप्त भएको थियो ।