पार्टीका निर्णय बिरुद्ध लेखे ५४ जना सभासद्ले नोट अफ डिसेन्ट

काठमाडौ, माघ २१

माओवादी स्थायी समितिले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा मतदान गर्ने निर्णय गरेपछि ५४ जना सभासद्ले त्यसमा असहमति जनाउँदै बिहीबार नोट आफ डिसेन्टु लेखेका थिए ।यसरी असहमति जनाउनेहरु उपाध्यक्ष बाबुराम भट्टराई पक्षका छन् । असहमति लेख्नेमा उपाध्यक्ष भट्टराई, प्रबक्ता दिननाथ शर्मा र स्थायी समिति सदस्य टोपकहादुर रायमाझी समेत छन् । तीनै जानले संविधानसभा भवन भित्रै बसेको स्थायी समितिको बैठकमै नोट अफ डिसेन्ट लेखेका थिए । यद्यपी सबैले पार्टीको बहुमत निर्णयलाई मान्दै खनाललाई भोट हाले र प्रधानमन्त्रीमा जिते ।
माओवादीको शान्ति र संविधानलाई सुनिश्चित गर्न पार्टीको नेतृत्वमा सरकारको विकल्प छैन भन्ने निर्णय भएको भोलिपल्टै संसदीय दलको निर्णय विपरित र दलको वैठकमा व्यक्त प्रतिवद्धता विपरित आफ्नो उम्मेदवारी फिर्ता गरी एमाले उम्मेदवार मा। झलनाथ खनाललाई समर्थन गर्ने भन्ने बहुमत स्थायी समितिले गरेको निर्ण प्रति हाम्रो गंभीर असहमति छु सभासद्हरुले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, यही असहमतिका साथ पार्टीको निर्णयलाई आफ्नो मत सुरक्षित राख्दै कार्यान्वयन गर्ने व्यवहोरा जानकारी गराउंछौं ।

हस्ताक्षर गर्ने सभासद्हरु

१। ज्ञानेन्द्र कुमाल

२। वालकृष्ण ढुंगेल

३। हेमराज भण्डारी

४। सीता देवी वौडेल

५। सारदा घिमिरे

६। इन्द्रमति यादव

७। प्रल्हाद लामिछाने

८। ज्वाला कुमारी साह

९। ललिता साह

१०। चन्दा देवी राय

११। लिला देवी मेहता

१२। कृष्ण कुमार चौधरी

१३। बाबुलाल पासवान

१४। चन्द्रलाल मेचे

१५। लीला भण्डारी

१६। प्रेम ब। तामाङ

१७। देवेन्द्र प्रसाद पटेल

१८। इस्लाम हवाडि

१९। हलिना खातुन

२०। सूर्य ब। सेन

२१। अक्कल बहादुर थिङ

२२। हेम बहादुर श्रेष्ठ

२३। राज कुमार श्रेष्ठ

२४। हरि रोका

२५। कल्पना धमला

२६। वीर वहादुर तामाङ

२७। सिद्धार्थ कुमार सोमानी

२८। खेम ब बम

२९। सञ्चपाल मादेन

३०। रामकुमार पासवान

३१। परमिलादेवी यादव

३२। वुधनीदेवी महतो

३३। भरत प्रसाद यादव

३४। चिनक कुर्मी

३५। कल्पना सुवेदी

३६। घनश्याम यादव

३७। आङदावा शेर्पा

३८। इन्द्रजीत राई

३९। नीर कुमारी कुँवर

४०। देवी खड्का

४१। शिवचन्द्र कुशवाह

४२। विनोद चौधरी

४३। खिमलाल देवकोटा

४४। दिल बहादुर घिसिङ

४५। शेर बहादुर पहारी

४६। हिसिला यमि

४७। भीम प्रसाद गौतम

४८। प्रभु शाह

४९। हरि आचार्य

५०। सुनिता कुमारी महतो

५१। धर्मराज घिमिरे

स्थायी समितिमै नोट अफ डिसेन्ट लेख्नेहरुस्

५२। उपाध्यक्ष बाबुराम भट्टराई

५३। प्रबक्ता दिननाथ शर्मा

५४। स्थायी समिति सदस्य टोपबहादुर रायमाझी