यस पालिको जनगणनामा पनि छुट्नेभए प्रवासी नेपालीहरु

Read Time:7 Minute, 4 Second

देशको अर्थतन्त्रमा झन्डै आधा हिस्सा नेपाल वाहिर रहेका नेपालीहरुको आम्दानीमै निर्भर रहेपनि सरकारले जनगणना जस्तो राष्ट्रिय पर्वमा नेपाल वाहिर रहेका नेपालीको महत्व र योगदानलाई भुल्न खोजिरहेको छ ।

गोविन्द लुइँटेल

 

सरकारले कोही नछुटुन् कोही नदोहोरिऊन र अक्सर वसेकै स्थानवाटै जनगणना भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०६८ को तयारी तिव्र पारिहे पनि नेपाल वाहिर पुगेका नेपालीहरु राष्ट्रिय जनगणनामा सम्मिलित हुने अवसरवाट भने वञ्चित भएकाछन् ।
‏तथ्याङ्क विभागले अक्सर नेपालभित्र वसोवास गर्ने नेपालीहरुको मात्र तथ्याङ्क लिने प्रचलन रहेकोले नेपाल वाहिर रहेका नेपालीहरु राष्ट्रिय जनगणना सहभागि हुन नपाएका हुन् । राष्ट्रिय जनणनामा पनि सरकारले विदेशमा कति नेपाली वसोवास गर्दछ  त्यसको आधिकारिक आकडा दिन सकिरहेको छैन । नेपालको जनगणना विसं २०५८ को आकडा अनुसार एसिया सहित विश्वका २५ वटा मुलुकमा रहेका नेपालीहरुको संख्या जम्मा ७ लाख ६४ हजार ३ सय ८१ मत्र रहेको छ । तथ्याङ्कमा अन्य देशमा गएकाहरुको संख्या ५ हजार ७ सय २६ रहेको छ । घरमुलीले आफ्नो ब्यतिm कुन देश गएको वताउन नजानेर हो या गणकको भाषा नवुझेर उत्तरदाता अन्यौलमा परेर सही तथ्याङ्क नआएको यसैवाट पुुष्टि हुन्छ । झन्डै २० लाख वढी नेपाली भारतमा रहेको आँकडा गैरआवासिय नेपाली संगठनले सार्वजनिक गरेसकेको छ  ‪।‬ तर विसं २०५८ को आँकडा अनुुसार  भारतमा गएका नेपालीहरुको संख्या जम्मा ५ लाख ८९ हजार ५० मात्र रहेको छ ।  छुुटेको अथवा उत्तरदाताले सही उतर नदिएर वा गणक सचेत नहुदा विदेशमा वस्ने नेपालीहरुको आकडाँ वास्तविक आउन  सकिरहेका‪े‬छ‪ै‬न  ।  
जनगणनामा उत्तरदाता वा घरमूलीले वताएको आधारमा प्रश्नावली भरिने हुदा विदेशमा कार्यरत् नेपालीहरुको संख्या पत्ता लाग्ने तथ्याङ्क विभागका उपहामहानिर्देशक विकास विष्ट वताउँछन् । तर वास्तविक विवरण वताउन र उत्तरदातालाई  सचेतना दिने काम भने तथ्याङ्क विभागले गरेको छैन ।  तथ्याङ्क विभागका उपमहानिर्देशक विकास विष्ट भने जनचेतना दिने काम सुरु गरेको वताउँछन् । अहिलेको जनजणनामा उत्तरदातालाई सचेत पार्न र सही विवरण वताउनका लागि जिल्लास्तर र इलाका स्तरमा पनि गोष्ठी र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको वताउँछन । सामाजिक संघसस्था र जातिय र पेशागत संघसस्थाले पनि यसवारे सचेतना वढाउने काम गरिरहेको वताउँछन्,उनी । तथ्याङ्क विभागले सचेतनाका लागि कार्यक्रम सञ्चालन गर्ने वताएपनि त्यो भने पर्याप्त नभएको कतिपय विज्ञहरु वताउँछन् । गाउँ र वडावडामा नै पुगेर जनगणनाका लागि सही उत्तर दिन उतरदातालाई सचेत पार्ने काममा तथ्याङ्क विभागको स्रोत र साधन पर्याप्त देखिन्न  । प्रश्नावली भर्ने र घरमूलीले भनेकै भरमा  विवरण सही आउँछ भन्ने कुरा विश्वास गर्न सकिने अवस्था देखिदैन । तथ्याङ्क विभागको सचेतना कार्यक्रम केवल औपचारिकता मात्र सीमित  छ ।
विभागले तयार गरेको प्रश्नावली नै अस्पष्ट र लामो भएकोले उत्तरदाता अलमलिने संभावना पनि उत्तिकै छ ।  प्रश्नावलीमा सोधिने प्रश्न नै कतिपय अशिक्षित वर्गले वुभ्न नसकिने र स्थानिय भाषावाट नसोधिने हुदा विवरण छुटफुट आउने सम्भवना पनि उत्तिकै हँुदा पनि आँकडाले यथार्थ ओकल्न सकिरहेको छैन ।  झन्डै आधा करोड वढी नेपाली नागरिक नेपाल वाहिर रहेको बिश्वास गरिन्छ । बिभिन्न समयमा सार्वजनिक संघसंस्थाका प्रतिबेदनले पनि त्यहि भन्छन् ।
यथार्थ के हो भने राष्ट्रिय पर्व जनगणनामा सरकारले बिदेशिएका नेपालीहरुका लागि छुट्टै  र विशेष ब्यवस्था मिलाएर जनणना लिने काम गरेको छैन । देशको अर्थतन्त्रमा झन्डै आधा हिसा नेपाल वाहिर रहेका नेपालीकै आम्दानीमै निर्भर नेपालले जनगणना जस्तो कार्यमा उनीहरुको महत्व र योगदानलाई महत्व दिएको देखिदैन ।  विदेशमै पुगेर हामी जनगणना लिन सक्ने अवस्था छैन । जनशतिm र स्रोत साधन पनि हामीसँग छैन । तथ्याङ्क विभागका एक कर्मचारीले भने । उनका अनुसार विदेशी नियोग र दुतावासमा कार्यरत् नेपालीहरुको भने जनगणना त्यही नै गरिने भएको छ । निर्वाचनमा नेपालस्थित दुतावासवाटै भोट दिने ब्यवस्था मिलाएपनि गैर राजनीतिक तर राष्ट्रिय दृष्टिको हिसावले अति नै महत्वपूर्ण यस कार्यमा भने न सरकारको ध्यान गएको छ न  राजनीतिक दलको नै आँखा खुलेको छ । अचम्म त के छ भने, एनआरएन राजनीति गरिरहेको प्रवासी संस्थाले समेत आफ्नो अस्तित्व लोप हुने यस्तो महत्वपुर्ण कार्यमा केहि कार्य गरेको देखिदैन । आफुहरुलाई राजनैतिक अधिकार चाहिन्छ भन्ने मुद्दामा लविड. गरिरहेको यो मौनता आश्चर्यलाग्दो छ । बिदेशमा बसेका एनआरहरु जसले त्यहाँको जनगणनामा के लेखाउने, के गर्ने भनेर ध्यान दिएर कार्यक्रम तय गरिरहेकाछन् तर आफ्नै मातृभूमीमा हुने जनगणनामा तिनको कुनै चासो नै देखिदैन ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %