काठमाडौँ, १९ माघ
प्रधानमन्त्री पदको निर्वाचनका लागि एकीकृत (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज आफ्नो उम्मेदवारी संसद्मा दर्ता गरेकाछन ।
अध्यक्ष प्रचण्डका प्रस्तावक सोही दलका उपाध्यक्ष डा बाबुराम भट्टराई हुनुहुन्छ भने समर्थक अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आज बिहान मधेसवादी र साना दलसँग भएको वार्ता सकारात्मक छ, सहमतिका लागि नेपाली काँग्रेस र एमालेसँग छलफल गरिनेछ, माओवादीको नेतृत्व सुनिश्चित देखेर नै आफूले उम्मेदवारी दिएको बताए ।
उनले भने ‘जताबाट पनि माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना छ, माओवादीके नेतृत्वमा सरकार बन्नु नै लोकतान्त्रिक, व्यावहारिक र वैज्ञानिक हुन्छ ।’
माओवादी केन्द्रीय समिति बैठकले हिजो अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
