संवैधानिक समितिले ८३ वटा विवादित विषयमा सहमति कायम गरि एकीकृत मस्यौदा तयार पार्ने

काठमाडौँ, १७ माघ

संवैधानिक समितिको आज बसेको बैठकले संविधान लेखनका क्रममा विवादित ८३ वटा विषयमा सहमति खोज्दै एकीकृत मस्यौदा तयार पार्ने निर्णय गरेको छ ।  समितिले भोलिदेखि नियमित बैठक गर्ने र प्रारम्भमा शासकीयस्वरूपका विषयमा छलफल हुने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिए  ।

विभिन्न समितिले संवैधानिक समितिलाई पठाएका सातवटा प्रतिवेदनका विवादित ती विषयमा छलफल गरी एकीकृत मस्यौदा तयार पार्न लागिएको उहाँले उल्लेख गरे । संविधानको मस्यौदा लेखन प्रक्रिया प्रारम्भ भइसके पनि विवादित विषयले गर्दा पूर्ण रूप दिन कठिन भएको पनि सभापति आचार्यले बताए  ।