झम तमुको नेतृत्वमा तमु साँस्कृतिक प्रतिष्ठान

पोखरा, १३ माघ
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको पोखरामा सम्पन्न नवौ साधारणसभा तथा पाँचौ अधिवेशनले आगामी तीन वर्षका लागि पुनः झमबहादुर तमुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित प्रतिष्ठानको प्रथम उपाध्यक्षमा चिजकाजी तमु, उपाध्यक्षहरुमा गीरी प्रसाद तमु, हर्कबहादुर तमु, सदस्यसचिवमा चित्रबहादुर तमु, सचिवमा भेषबहादुर तमु, कोषाध्यक्षमा श्रीजङ्ग तमु, सहकोषाध्यक्षमा भिमकाजी तमु र सदस्यहरुमा ओम तमु, डम्वर तमु र रबिन तमु निर्विरोध निर्वाचित भएकाछन् ।
नयाँ नेतृत्व चयनका लागि तेजबहादुर तमुको संयोजकत्वमा हुमबहादुर तम र बुद्धिमान तमु सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष झम तमुले नयाँ कार्यसमिति अझ सक्रियतापुर्वक सेवामा जुट्ने प्रतिवद्धता व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तेजबहादुर तमुले बधाई व्यक्त गर्दै प्रमाणपत्र वितरण गरेकाथिए।
यसअघि साधारणसभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्दै पोखरा इञ्जिनियरीङ कलेजका प्रमुख ईञ्जिनियर लेखबहादुर तमुले अब तमुहरु शिक्षा र संयुक्त व्यवसायिकतामा लाग्नु पर्ने सुझाव दिएकाथिए ।
साधारणसभा तथा अधिवेशनमा प्रतिष्ठानका सदस्य सचिव चिजकाजी तमुले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गिरी प्रसाद तमुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकाथिए  ।
झम तमुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतिष्ठानका सल्लाहकार तेजबहादुर तमु, प्रतिष्ठानका युके संयोजक मिनप्रसाद तमु, तमु धिं नागोया जापानका डम्बर तमु, चित्रबहाद तमु, श्रीजङ्ग तमु लगायतले मन्तव्य व्यक्त गरेकाथिए ।
हुम तमु