राष्ट्रपति–उपराष्ट्रपतिवीच भेटवार्ता

काठमाडौँ, १२ माघ । राष्ट्रपति डा रामवरण यादवसँग उपराष्ट्रपति परमानन्द झाले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गरेकाछन् ।

भेटकामा राष्ट्रपतिले भारत भ्रमणका बारेमा उपराष्ट्रपतिलाई जानकारी गराउनुका साथै उनीहरुबीच अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।