सिएनएन हिरोलाई हगंकगंमा सम्मान (फोटो फिचर )


नेपाली महासंघ हङकङको १२ औ‌ बार्षिक उत्सव कार्यक्रमको लागि महासंघको निमन्त्रणामा प्रमुख अतिथि सी एनएन हिरो २०१० का विजेता तथा माइती नेपालका अध्यक्ष अनुराधा कोइराला (गुरुङ) ले रिबन काटेर कार्यक्रमको उद्घाटन गरिन ।   
आफ्नो मन्तव्यको करममा उनले भनिन ‘मेरो थुप्रै इच्छाहरु मध्ये  नेपालको सुदूर पूर्व र सुदूर पश्चिममा बालबालिका अस्पताल,महिला प्रसुतीगृह अस्पताल तथा नेपाललाई चेलीबेटी बेचविखन मुक्त देश बनाउने ईच्छा हो ।’ उनले यो पनि भनिन् – ‘सी एनएन हिरो २०१० को विजेता अनुराधा कोइराला मात्र होईन तपाईं हामी सबै नेपाली र नेपाल राष्ट्र हो । तपाईहरुको सहयोग नभएको भए म हिरो हुन सक्ने थिइन ।’
नेपाललाई चेलीबेटी बेचविखन बाट मुक्त बनाउनका निम्ति आफूले सक्दो प्रयास गर्ने बचनबद्धता व्यक्त गरिन ।  नेपालमा लैङिग विभेद र छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा असमानता छ । एउटै कोखबाट सगै जन्मेका छोरालाई जतिखेर पनि स्याहार सुसारको कुरा हुन्छ । तर त्यही छोरीलाई हेर्ने र गर्ने व्यवहारमा असमानता पाईन्छ ।  जानेर वा नजानेर पारिवारीक, सामाजिक, शिक्षा र आर्थिक कमजोरिका कारण त्यसको प्रलोभनमा नेपाली महिलाहरु विदेशी वेश्यालयमा बेचिन पुगेका छन् र बेचिन बाध्य हुन्छन् । उनका भनाईमा  नेपालका महीलाहरु नेपाल्मा प्रसुतीगृह अस्पताल नहुँदा अकालमा ज्यान गुमाउन बाध्य  छन् । त्येसै गरि नेपाली युबहरुमा लागु औषधको पनि त्यस्तै बृद्धि हुदै गएको छ ।           
महासंका अध्यक्ष प्रदिप थापा मगरले दोसल्ला, खादा र ताम्रपत्रले स्वागत तथा सम्मान गरेका थिए । हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय, आदिवा सी जनजाति महसङ्घ हङ्कङ्का अध्यक्ष एम बी थापा मगर, यौचिमोङ डिष्टिक  कौन्सिलर देरेक हुङ्, सङ्घका सल्लाहकार , व्यापार व्यवसायी लगायत विभिन्न अतिथिहरुले खादा ओढाएर प्रमुख अतिथि कोइरालालाई स्वागत तथा सम्मान गरेका थिए ।
महासंघले आफ्नो स्थापनाको १२ औं बार्षिक उत्सव कार्यक्रमको अवसरमा हङकङमा रहि विभिन्न क्षेत्रमा विशेष योगदान पुरयाउने नेपाली ब्यक्तित्वहरुलाई विभिन्न शीर्षकमा  प्रमुख अतिथिको बाहुलीबाट कदरपत्र तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष प्रदिप थापामगरले गरेका थिए भने संचालन महासचिव रिता गुरुडगले गरेकी थिईन् ।

फोटो लक्ष्मण थापा