मण्डेला र रेशम चौधरी … ?

Read Time:3 Minute, 3 Second

बलदिप राई
काठमाण्डौ , पुष २० – महिला पत्रकार स्टिना डाब्रोस्कीले सन १९९४ मा राष्ट्रपतिभवनमा गएर नेलशन मण्डेलालाई यस्तो प्रश्न सोधेका थिए :

 हिजो जेलमा रहँदा तपाईलाई छुट्छु भन्ने के कुराले
  आशावादी बनाएको थियो ?

मण्डेलाले जवाफमा यसो भनेका थिए :
मलाई आशावादी बनाउने चिज भनेको मेरो साथी,
सहकर्र्मी अनि मेरो पार्टी थियो ।

मण्डेला एकलो व्यक्ति जेलमा बसेका थिएनन । उनी आफ्ना लाखौँ शुभचिन्तक साथीहरू र पार्टीको विचार थियो । अर्थात उनी व्यक्ति थिएनन एक संस्था थिए । उनी जेलभित्र बसे पनि बाहिर शुभचिन्तक र पार्टी समर्पित भावनाले संगठित र संघर्ष गरिरहेका थिए । मण्डेला जेल गए पनि उनका जनता तितरबितर भएनन , हात उठाएनन, आत्मसमर्पण गरेनन । अन्तत ः मण्डेलाको राजनीतिक मिसन सफल भयो ।

यता हाम्रो रेशम चौधरी जेलमा छन । उनी जेलबाट छुट्न कोसंग भरोसा राख्ने ? आफन्त ? पार्र्टी ? अदालत ? कोही छैनन ।
रेशम चौधरी कुन पार्र्टीको नेतृत्व गरेर आन्दोलन गरेका थिए ? त्यो पार्र्टी कहाँ छ ? त्यो पार्र्टीको आईडियोलोजी के थियो ? रेशम चौधरीसंग हिजो आन्दोलन गर्ने सहकर्मी अहिले कता के गर्दैछन ? अन्तिम अवस्थामा आएर उनी लागेको पार्र्टी (तेश्रो ठुलो दल) ले उनलाई छुटाउने प्रयत्न किन गरिरहेको छैन ?

हो, रेशमको आफन्त हामी सामाजिक भीडमात्र हौँ, राजनीतिक भिड होइनौँ । हाम्रो सामाजिक अवस्था कविला युगकै छ, अझै राष्ट्र भएका छैनौँ । चेतनाले हामी नागरिक भएका छैनौँ, अझै दास र रैतिकै हैसियतमा छौँ । रेशमको आफन्त हामी अझै आधुनिक कमलरी भएर बसेका छौँ , काग्रेस(कम्युनिष्टको हलिगोठालो भएर बसेका छौँ । शिक्षा चेतना ग्रहण गर्नेमा भन्दा घुँगी, भ्याकुता, गंगटा बटुल्नमा मात्र अलमलिएका छौँ ।

दमनकारी पीडकहरूको तालु ठट्टाउनु पर्नेमा ढोल, झ्याम्टा, डमरू, डम्फु मात्र ठट्टाउदै बसेका छौँ । धराने वंगुर र जाँडको पोषले भट्टीका साहुनीको फिला चिमोट्दै बिताएका छौँ । लाईब्रेरीमा होइन, लैबरीमा उमेर कटाइरहेका छौँ । रेशम चौधरीको हामी आफन्तले आफ्नो संस्कृतिलाई राजनीतिक पुँजी बनाउन सकेका छैनौँ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %