थारुको खिचडी महोत्सव

गोविन्द घर्ति, देवदह २९ ।
आफनो भाषा, संस्कार, संस्कृति र रितिरिवाज जोगाउनको लागि सम्पूर्ण थारु समुदाय एक हुनु पर्ने थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष देवी चौधरीले जोड दिएकाछन्  ।उक्त कुरा थारु कल्याणकारिणी सभा देवदह–केरवानीको संयुक्त आयोजनामा भएको थारुनया“ वर्ष खिचडी महोत्सवको अवसरमा बताएकाहुन् । कार्यक्रममा थारु गैरसरकारी महासंघ रुपन्देही अध्यक्ष कमल नारायण चौधरीले विभिन्न जातजातिको आ–आफनै भाषा, संस्कृति र रितिरिवाज हुने भएकोले राज्यले सवैलाई संरक्षण गर्नुको साथै सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा थारुकल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य श्याम बहादुर चौधरी, समाजसेवी नमराज पुरी, अनिता चौधरी, रिता चौधरी, ऋषिराम चोधरी लगायतले बोल्दै  राज्यले थारुहरुको हक, अधिकार भाषणमा होइन व्यवहारमा उतार्नु पर्ने र थारुहरुले पनि आफनो भाषा, संस्कृति, संस्कार र रितिरिवाजको संरक्षण गर्न अग्रसर हुनु पर्ने तथा अधिकार प्रति सचेत हुनु पर्ने बताएकाथिए  ।
महोत्सवमा थारु जातिका विभिन्न झाक्रि, थारुजातिले प्रयोग गर्ने ढकिया  तथा थारु जातिका नाचहरु पनि  प्रदर्शन गरिएको थियो । थारुकल्णकारिणी सभा केरवानीका अध्यक्ष प्रेम बहादुर चौधरीको अध्यक्ष, चन्द्रिका चौधरीको स्वागत र दिर्घ बहादुर चौधरीको संचालनमा महोत्सव सम्पन्न भएको थियो ।