२८ दल संविधानसभा नियमावली संशोधन गर्न सहमत

काठमाडौँ, २७ पुस

संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलका प्रतिनिधिले विषयगत समितिबाट निर्णय भई २८ दलले अनुमोदन गरिसकेका विषयमा एकीकृत मस्यौदा संवैधानिक समितिमा पठाउनका लागि संविधानसभा नियमावली संशोधन गर्न सहमत भएका छन् ।

सहमति भइसकेका विषयमा संवैधानिक समितिले कार्य अघि बढाउन सहज होस् भत्रे उद्देश्यले नियमावली संशोधन गर्न लागिएको बताएको छ ।

संविधानसभा अध्यक्षबाट शीर्ष नेता सम्मिलित अनौपचारिक बैठक गर्न सकिनेमा सहमति जनाउँदै सो बैठकले सहमति हुन नसकेका विवादित ८३ वटा विषयमा निरन्तर छलफल गर्ने निर्णय गरेको छ ।

यसैगरी अनौपचारिक बैठकपछि पुनः माघ २ गते २८ दलको बैठक बस्ने निर्णय भएको नेपाली काङ्ग्रेसका प्रतिनिधि रमेश लेखकले जानकारी दिए ।