माघे सक्रान्तिको अवसरमा भलिवल

पौष २७
माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ तथा नेपाल मगर यूवा संघ केरवानी–७ भवानीपुरको आयोजनामा आज देखि भवानीपुरमा पुरुष तथा महिला नकआउट भलिवल प्रतियोगिता शुरु भएको छ ।
नेपाल मगर संघ भवानीपुरका अध्यक्ष राम बहादुर घर्ति मगरको अध्यक्षता र देवदह क्षेत्र विकास समितिका कोषाध्यक्ष चन्द्र बहादुर रानाको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा रुपन्देही र नवलपरासीको गरि २१ टिमको सहभागिता रहेकोछ । महिला तर्फ ४ टिम र पुरुष तर्फ १७ टिम  सहभागि रहेको आयोजकले जनाएको छ । आज भएको उद्घाटन खेल विकास युवा क्लव रानीवगिया र आयोजक वी वीच भएको थियो । आयोजकलाई सोझो ३ सेटमा हराउदै विकास युवा क्लव विजयी भएको छ ।

गोविन्द घर्ती