जापानमा जातीय संस्कारबाट अन्नप्राशन -सचित्र कथा

३ जनवरी २०११
इचिनोमिया शहरमा मगर परम्परा अनुशार अन्नप्राशन कार्यक्रम सम्पन्न भयो । सोलुखुम्बू जिल्लाका संजय पुलामी तथा श्रीमती करुणा पुलामी मगरका छोरा शिवन मगरको अन्नप्राशन कार्यक्रम गरिएको थियो ।

मगर  सेवा समिति टोकाई जापानको पहलमा बिगत २००४ देखि मगर समुदायमा हुने बिवाह लगायतका  कार्यक्रमहरु  मगर संस्कार अनुसार गरिदैं आइएकोछ ।

कार्यक्रम सुसम्पन्न वापा भिजेन्द्रमान पुन मगरबाट भएकोथियो । नेपाली आदिवासी जनजाति महासंघ जापानका केंद्रीय अध्यक्ष केबी मगर,  मगर सेवा समिति टोकाई जापान का पदाधिकारी हरु लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।   

श्याम राना मगर