जाडोले कठ्याङग्रिएर एकको मृत्यु

भद्रपुर, १८ पुस

भmापाको बुधबारे–३ को होक्सेमा गएराति एक मगन्तेको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

तराई मूलका देखिने करिब ४५ वर्षका पुरुषको मृत्यु भएको र उनको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

बिहान उनी मृतावस्थामा फेला परेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए ।

दुई दिनदेखि पूर्वी क्षेत्रमा अत्यधिक रूपमा जाडो बढेको छ ।