मृगको शिकार खेल्दा गोली लागी पाल्पामा एक जनाको मृत्यु

देब पचभैया
पाल्पा  २  पुस  

छहरा गाविस वडा नंं ५ अमलास बाख्रेका एक युवकको वनमा शिकार गर्ने क्रममा घरेलु बन्दुकको गोली लागेर आज विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्ष २० का रोशन बगाले मगर रहेका छन ।

वरपरका दाजुभाई मिलेर घरदेखी माथि खरवारीमा मृगको शिकार गर्ने क्रममा झुक्किएर गोली लागेको र बगालेको मृत्यु भएको  प्रहरीको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ ।

घटना बिषयमा जानकारी लिन प्रहरीले वनमा संगै शिकार गर्न गएका ३ जना स्थानिय युवाहरुलाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेहरुमा बर्ष ५३ का दल बहादुर बगाले, १८ बर्षिय दान बहादुर

बगाले र १७ बर्षिय शेर बहादुर बगाले, रहेको र १ जना फरार रहेको प्रहरीले जनाएको छ ।