पोखरावाट पारसलाई प्रहरीले नियन्त्रणमा लियो

पोखरा, २८ मङ्सिर 

पूर्व युवराज पारस शाहले परराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई धम्क्याउंदै चितवनको एक होटलमा हवाई फायर गरेको अभियोगमा उनलाई आज प्रहरीले  पूmलवारी होटलबाट नियन्त्रणमा लिएको छ ।

      गण्डकी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत केशव अधिकारी र  जिल्ला प्रहरी कार्यालयका  प्रहरी उपरीक्षक पुष्कर कार्कीले  होटलमै उनीसंँग वयान लिइरहेका छन् ।

     अहिले होटल वरिपरि कडा सुरक्षाको व्यवस्था गरिएको छ ।