बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लाई जापानमा स्वागत

१२ डिसेम्बर २०१० 

मगर सेवा समिति टोकाई जापान को आयोजनामा आज जापानको आइचिकेन स्थित टोयोटा सिटी मा बिश्व मगर संघ बेन्जियम का अध्यक्ष श्री मार्के मगर र उनका श्रीमती रामजी बुढा मगरलाई सम्मान गर्यो । जापान भ्रमणमा आएका दम्पतिसंग एक  अंतर्क्रिया कार्यक्रमको आयोजना पनि गरिएको थियो । कार्यक्रम संस्था का अध्यक्ष राजू राना मगर को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम  सञ्चालन महासचिव श्याम राना मगरले गरेकाथिए ।

कार्यक्रममा अध्यक्ष मार्के दम्पति, नेपाली आदिबासी जनजाति महासंघ जापान का केन्द्रिय अध्यक्ष  के बी मगर र मगर सेवा समिति कोकाई जापान का भू पु अध्यक्ष हरुको आतिथ्यता रहेको थियो
      मार्केले नेपाल मा भएको बिभिन्न परिबर्तन पश्चात पनी मगर जाती को हक़ र अधिकार लाई सत्ताधारी हरुले पछाड़ी नै पार्ने कोसिस गरिरहेको हुदा हामी चनाखो हुनुपर्ने बताए । आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष के बी मगरले  राष्ट्रको हरेक निकायमा सामान हक़ र अधिकार को सुनिश्चितता हुनु पर्छ भन्ने बारेमा  प्रष्ट पारेकाथिए ।   संस्थाका अध्यक्ष राजु राना मगर ले समितिको तर्फबाट  सम्झना स्वरुप उपहार प्रदान गर्दै सफल यात्रा को कामना गर्दै बिदाई गरेकाथिए । 

श्याम राना मगर