बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लाई जापानमा स्वागत

Read Time:1 Minute, 55 Second

१२ डिसेम्बर २०१० 

मगर सेवा समिति टोकाई जापान को आयोजनामा आज जापानको आइचिकेन स्थित टोयोटा सिटी मा बिश्व मगर संघ बेन्जियम का अध्यक्ष श्री मार्के मगर र उनका श्रीमती रामजी बुढा मगरलाई सम्मान गर्यो । जापान भ्रमणमा आएका दम्पतिसंग एक  अंतर्क्रिया कार्यक्रमको आयोजना पनि गरिएको थियो । कार्यक्रम संस्था का अध्यक्ष राजू राना मगर को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम  सञ्चालन महासचिव श्याम राना मगरले गरेकाथिए ।

कार्यक्रममा अध्यक्ष मार्के दम्पति, नेपाली आदिबासी जनजाति महासंघ जापान का केन्द्रिय अध्यक्ष  के बी मगर र मगर सेवा समिति कोकाई जापान का भू पु अध्यक्ष हरुको आतिथ्यता रहेको थियो
      मार्केले नेपाल मा भएको बिभिन्न परिबर्तन पश्चात पनी मगर जाती को हक़ र अधिकार लाई सत्ताधारी हरुले पछाड़ी नै पार्ने कोसिस गरिरहेको हुदा हामी चनाखो हुनुपर्ने बताए । आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष के बी मगरले  राष्ट्रको हरेक निकायमा सामान हक़ र अधिकार को सुनिश्चितता हुनु पर्छ भन्ने बारेमा  प्रष्ट पारेकाथिए ।   संस्थाका अध्यक्ष राजु राना मगर ले समितिको तर्फबाट  सम्झना स्वरुप उपहार प्रदान गर्दै सफल यात्रा को कामना गर्दै बिदाई गरेकाथिए । 

श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %