पदाधिकारी मनोनयनप्रति असन्तुष्ट केन्द्रिय सदस्य र सभासद्हरु देउवा निवासमा भेला हुदै

काठमाडौ, मंसिर २५ 

कांग्रेस पदाधिकारी मनोनयन प्रस्तावमा पुर्नविचार गर्न दवाव दिनका लागि नेता शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्य र सभासदहरु उनकै निवास बुढानिलकण्ठमा शनिबार जम्मा भएका छन् ।

पार्टी सभापति सुशिल कोइरालाले उपसभापतिमा संसदीय दलका नेता रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्ण सिटौलाको नाम मनोनयनका लागि केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेपछि कांग्रेसमा विवाद बढेको हो ।

यसरी सिटौला र पौडेलको नाम प्रस्ताव गरेपछि कोइराला पक्षीय केन्द्रीय सदस्यहरु अर्जुन नरसिंह केसी, गगन थापा, सुजाता कोइराला, रामशरण महतसमेत देउवा समूहमा उभिएका छन् ।

आजको भेलामा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी पनि सहभागि भएको बताइएको छ ।  शुक्रबार देउवाले आफ्नै निवासमा आफू सर्मथक जिल्ला सभापतिसंग परामर्श गरेका थिए ।