कार्यदलयको वैठकमा प्रचण्ड र झलनाथ अनुपस्थित

Read Time:1 Minute, 59 Second

काठमाडौ , २० मंसिर

अगामी संविधानका विभिन्न विवादास्पद् विषयको  टुंगो लगाउन गठित कार्यदलको समयसीमा सकिन लाग्दा नेताहरु  कार्यदलको वैठकममा समेत अनुपस्थित रहने गरेका छन् । कार्यदलको म्याद ६ दिनमात्र वाँकी छ ।

 

 

सोमबारको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल उपस्थित भएनन् । कार्यदलको संयोजक समेत रहेका दाहालले कार्यव्यस्तता देखाएर उपस्थित नभएका हुन भने एमाले अध्यक्ष खनाल विदेश भ्रमणमा छन् ।

राष्ट्रपति रामवरण यादव र सभामुख सुभाष नेम्वाङले समय छोटो रहेको भन्दै देश नछाड्न र नियमित बैठक गरेर विवादहरु टुङ्ग्याउन आग्रह गरेको भएपनि नेताहरु कोही विदेश भ्रमणमा गएका छन् भने कोही स्वदेशमै रहेर पनि बैठक उपस्थित भएनन् ।

असोज २५ गते गठित कार्यदलको दोस्रो पटक थपिएको समयसिमा सकिन छ दिन मात्र बाँकी रहेपनि अझैराज्यको पुनर्संरचना, शासकीय स्वरुप जस्ता मूल विवादित विषयमा प्रवेश गर्न सकेको छैन ।

सोमबारदेखि संबैधानिक समितिको प्रतिवेदनमाथि छलफल सुरु गरेपनि प्रमुख नेताहरुको अनुपस्थितिमा कुनै निष्कर्ष दिन सकेन । संबैधानिक समितिको प्रतिवेदनमा ९५ वटा विवादित विषयहरु छन् ।

सोमबार माओवादी सशस्त्र युद्ध, आदिवासी जनजाति तथा मधेस आन्दोलनलाई उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएपनि निष्कर्षमा पग्न सकेन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %