साइकल दाइजो नपाएपछि श्रीमान र सासुद्धारा श्रीमतिको हत्या

Read Time:1 Minute, 52 Second

रौतहट, १९ मङ्सिर 

रौतहटको ब्रह्मपुरी गाविसमा साइकल दाइजो मागेको र दुई वर्ष बितिसक्दा पनि नल्याएको भन्दै श्रीमान् र सासूससुरा मिलेर एक युवतीको घरमा नै हत्या गरेको घटना सार्वजनिक भएको छ ।

    शुक्रवार राति श्रीमान् महेन्द्र दास, ससुरा मञ्चित दास र सासू शिवकुमारी दास मिलेर १८ वर्षीया ममतादेवी दासलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए । उनीहरु सबै अहिले फरार छन् ।

    भारतको सीतामढी जिल्ला हरिपुर ग्राम माइती भएकी ममतालाई साइकल नल्याएको भन्दै पटकपटक यातना दिने गरेको मृतकका बाबु जिवछ दासले बताए ।

    मृतक युवतीका बाबु जिवछले भने– “छोरीलाई साइकल ल्याउन दबाब दिँदै आएका थिए, बिहेमा ८० हजार नगद र अन्य सामान गरी रु एक लाख ५० हजारभन्दा बढीको दाइजो दिएको थिएँ ।”

मङ्सिर ४ गते पनि रौतहटको औरया गाविस–५ की २१ वर्षीया रुपकान्तदेवी मण्डललाई हत्या गरेर श्रीमान्सहित परिवारका सबैजना फरार भएका थिए ।

    कात्तिक १७ गते  हजमुनिया गाविस–५ की २० वर्षीया बबितादेवी महतोलाई श्रीमान्सहित घरका अन्य सदस्य मिलेर घाँटी थिचेर हत्या गरेका थिए ।    
    
    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मधुकुमार थापाले सबै आरोपीहरुको खोजी भइरहेको जानकारी दिनुभएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %