‘सहमतीय निर्णय स्वीकार्य: उपप्रधानमन्त्री सुजाता कोइराला

विराटनगर, १९ मङ्सिर 

उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीका शीर्षनेताद्वय सुशील कोइराला र शेरबहादुर देउवाबीचको सहमतिमा हुने कुनै पनि निर्णय आफूलाई स्वीकार्य हुने बताएकिछन् ।

    नेपाल प्रेस युनियनले आज बिहान यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा उनले नेपाली काँग्रेसभित्र कुनै किसिमको विभाजन नभएको स्पष्ट गर्दै सबै निर्णय सहमतिमा हुने विश्वास व्यक्त गरे ।

    नेत्री कोइरालाले पार्टीभित्र कुनै गुट, उपगुट र विवाद नरहेको दाबी गर्दै एकीकृत नेकपा (माओवादी) को पालुङटार बैठकले विद्रोहमा जान गरेको निर्णय धम्कीमात्र भएको टिप्पाणी गरिन  ।

    उपप्रधानमन्त्री कोइरालाले विगतका सन्धिसम्झौता अक्षरशः पालना गरेमा माओवादी नेतृत्वको सरकार स्वीकार्य हुने बताइन  । रासस