विधिको शासनप्रति नै दलहरु उदासिन : ऊर्जामन्त्री महत

    कञ्चनपुर, १९ मङ्सिर । ऊर्जामन्त्री डा प्रकाशशरण महतले वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी संविधान निर्माणका लागि प्रमुख राजनीतिक दलहरु जुट्नु पर्ने बताएका छन ।

    नेपाल प्रेस युनियन कञ्नपुरद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले जारी गतिरोध अन्त्य नभए मुलुकमा आन्तरिक द्वन्द्व सिर्जना भई भयावह स्थिति सिर्जना हुनसक्ने बताए ।

    उनले राजनीतिक दलहरुले विधिको शासनप्रति उदासिनता देखाएका कारण मुलुकको विकासको कार्य अगाडि बढ्न नसकेको बताए ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %