माओवादी पदाधिकारी बैठक सुरु

Read Time:1 Minute, 51 Second

    काठमाडौं, १९ मङ्सिर

एकीकृत नेकपा (माओवादी) को पदाधिकारी बैठक केहीबेरअघि सुरु भएको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको सो बैठकमा खासगरी यही मङ्सिर २८ गतेदेखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठकलाई व्यवस्थित बनाउनेबारे छलफल हुने प्रचण्डका सहयोगी समीर दाहालले जानकारी दिए ।

    केन्द्रीय बैठक सुरु हुनुअगावै अध्यक्ष प्रचण्डले तयार पार्नुभएको दोस्रो लिखित राजनीतिक दस्तावेजमा सहमति कायम गरी एकीकृत दस्तावेज बनाउन प्रयास गर्ने एमाओवादी स्रोतले जनाएको छ ।

    सो स्रोतका अनुसार अध्यक्ष प्रचण्डको पछिल्लो दस्तावेजप्रति पनि उपाध्यक्षद्वय मोहन वैद्य ‘किरण’ र डा बाबुराम भट्टराईको केही असहमति रहेकाले केन्द्रीय बैठकमा जानुअगाडि नै पदाधिकारीस्तरमा सहमति खोज्ने पहल भएको हो ।

    एमाओवादीको यही मङ्सिर ५ गतेदेखि ११ गतेसम्म गोरखा जिल्लाको पालुङ्टारमा सम्पन्न छैटाँैं विस्तारित बैठकले सहमति हुन बाँकी रहेका मुद्दालाई केन्द्रीय समिति बैठकमा लगेर टुङ्गो लगाउने अख्तियारी दिएको थियो । तर आवश्यक गृहकार्य नपुगेको कारण देखाई केन्द्रीय समिति बैठक पनि दुई पटकसम्म स्थगन गरी यही मङ्सिर २८ गतेसम्मका लागि सारिएको छ ।

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %