नेवाको राष्ट्रिय राजनीतिक सम्मेलन सम्पन्न

Read Time:1 Minute, 35 Second

भक्तपुर, १९ मङ्सिर 

नेवाः स्वायत्त राज्य मङ्का सङ्घर्ष समितिले भक्तपुरमा आयोजना गरेको दुईदिने नेवाः राष्ट्रिय राजनीतिक सम्मेलन पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

    करिब ७० जिल्लाका ५०० प्रतिनिधि एवम् पर्यवेक्षक सहभागी भेलाले गएराति पाँचबुँदे घोषणापत्र जारी गरी सम्मेलन सम्पन्न भएको सञ्चार प्रवक्ता नरेश बीरले जानकारी दिनुभयो ।

    पाँचवुँदे घोषाणापत्रमा नयाँ संविधान समय सीमाभित्रै निर्माण हुनुपर्ने, उपत्यकाको प्रस्तावित नेवाः राज्यको क्षेत्र विस्तार गर्नुपर्ने रहेको छ ।

    उपत्यकामा बाहिरका नेवार समुदायको समान प्रतिनिधित्व हुनुपर्ने, जुनसुकै पार्टीको प्रशासनिक क्षेत्रमा नेवार समुदायको बाहुल्यता हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

    सम्मेलनमा आत्मनिर्णयको अग्राधिकार सहितको नेवाः राज्य स्थापना हुनुपर्ने तथा नेवाः राज्यभित्र हरेक क्षेत्रमा पहिलो नेवार समुदायलाई प्राथमिकता दिनुपर्ने माग रहेको बताएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %