कार्यदलको वैठकमा आर्थिक नीतिमा सहमति

Read Time:1 Minute, 59 Second

काठमाडौँ, १९ मङ्सिर 

नयाँ संविधानमा समावेश गरिने वाणिज्य नीतिका बारेमा राजनीतिक दलहरुबीच सहमति भएको छ ।

    संविधानका विवादित मुद्दाहरु टुङ्गो लगाउन गठित उच्चस्तरीय कार्यदलको आज सिंहदरबारमा बसेको बैठकमा दलहरुबीच आर्थिक विकास गर्ने मुलुकको अभियानमा सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहभागिता गराउने निर्णय भएको हो ।

    यसअघिको बैठकमा एकीकृत नेकपा (माओवादी) ले सार्वजनिक र सहकारी क्षेत्रबाटै अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा राख्दै आएको थियो ।

    बैठकपछि नेपाली काँग्रेसका सभासद् रमेश लेखकले सार्वजनिक, सहकारी र निजी क्षेत्रको स्वतन्त्र विकास र सहभागितामार्फत् राज्यको आर्थिक विकास गर्ने भन्ने कुरामा सहमति भएको बताए  ।

    यसैगरी लगानीको आधारहरु तयार गरेर वाणिज्य क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताइएको छ ।

    सो कार्यदलले संविधान निर्माणका लागि राजनीतिक दलहरुबीच देखिएका २२० वटा असहमतिहरुमध्ये झन्डै ५० वटामा सहमति कायम गरिसकेको छ ।

    यद्यपि शासकीय स्वरुप, सङ्घीय राज्यको सङ्ख्या, निर्वाचन र न्याय प्रणाली, बहुलवाद, हदबन्दीभन्दा बढी जग्गाको मुआब्जा दिनेलगायतका महत्वपूर्ण विषयमा दलहरुबीच सहमति कायम हुन सकेको छैन ।

    संविधानसभामा रहेका २७ वटा दलहरुद्वारा गठित सो उच्चस्तरीय कार्यदलको म्याद मङ्सिर २५ गतेसम्म रहेको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %