वाइसिएलको आक्रमणबाट एमाले कार्यकता सहित चार घाइते

रुकुम, १८ मङ्सिर 

नेकपा एमाले रुकुमको कोटजहारी गाउँ कमिटीको बैठक बसिरहेको बेला वाइसिएल कार्यकर्ताले एक्कासी आक्रमण गर्दा एमाले रुकुम जिल्ला कमिटी सचिवालय सदस्य ऋषिप्रसाद शर्मासहित चार व्यक्ति घाइते भएका छन् ।

    वाइसिएल जिल्ला कमिटी सदस्य लक्ष्मण शाहीको नेतृत्वमा आएको वाइसिएल टोलीले बैठकमा बसेकाहरुमाथि आक्रमण गरेको एमाले रुकुमले जनाएको छ ।

    घाइते हुनेहरुमा एमाले रुकुमका कार्यकर्ता ईन्द्रबहादुर शाही, कुलबहादुुर बस्याल र दिवाकर शर्मा रहेका छन् ।

    आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घाइते चारैजनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।