राजनीतिक गरिरोध देशभित्रै वसेर समाधान गर्नुपर्दछ : नेम्वाङ

Read Time:1 Minute, 3 Second

 

गौरिगञ्ज (झापा), १८ मङ्सिर । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले देशभित्र बसेर समस्या सुल्झाउने बेलामा नेताहरू विदेश भ्रमणमा जानु उपयुक्त नभएको बताएका छन्

    नेताहरू बारम्बार विदेश भ्रमणमा जाँदा देशको समस्या लम्बिरहेको उल्लेख गर्दै उहाँले देश भित्रकै राजनितिक गतिरोध अन्त्यका लागि गम्भीर हुन दलका नेताहरूलाई आग्रह गरे  ।

    झापाको लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथिभरा गणमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँकी छ महिनाको अवधिमा संविधान लेखन कार्य पूरा गर्न दलहरू अझै गम्भीर हुनुपर्नेमा जोड दिए ।

    उनले भने – ‘सबै दलहरू सहमत नभएसम्म संविधान लेखनकार्य पूरा हुन सक्दैन ।’ रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %