करेन्ट लागेर एकको ज्यान गयो

    मकवानपुर, १७ मङ्सिर

मकवानपुरको बुढीचौर गाविस–७ का एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

    बीस वर्षीय विमानसिं ब्लोनको करेन्ट लागेर गएराति मृत्यु भएको हो ।

    बत्तीको चिम झिक्ने क्रममा करेन्ट लागेर घाइते भएका ब्लोनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यसैगरी, हेटौँडा बसपार्कमा मोटरसाइकलको ठक्करबाट घाइते भएका रिक्साचालकको उपचारका क्रममा मृत्यु भएको छ ।

    बिहीबार ना१५प ३९९७ नं को मोटरसाइकलको ठक्करबाट हेनपा–११५२ नंको रिक्साचालक हेटौँडा–११ का जीतबहादुर मुक्तान घाइते भएका थिए ।

थप उपचारका लागि भरतपुर पठाइएकोमा उपचारका क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस