माथि नमिलेपनि स्थानीय तहमा भने सहमतिय राग

Read Time:1 Minute, 39 Second

मंसीर १३, देवदह
सिचाई मन्त्री बालकृष्ण खाँणले राजनैतिक रुपमा देखिएको गतिरोधलाई अन्त्य गर्न स्थानियस्तरवाट दवाव दिनु पर्ने बताएका छन । रुपन्देहीको देवदह–८ भलुहीमा अवस्थित भलुही खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री खाँणले मुलुकमा देखिएको राजनैतिक असहमतिका बावजुद पनि विकास र निर्माणका कार्यलाई भने कुनै पनि बहानामा अवरोध गर्न नहुनेमा जोड दिए ।
 दलहरु बीच उत्पन्न असमझदारीले राज्यको समग्र विकास निर्माणमा प्रभाव पार्ने भएकाले त्यस्तो अवस्था आउन नदिन सवै गम्भीर हुनुपर्ने उनको भनाइ थियो । उनले मुलुकको विकासका लागि एक हुन सवैसँग आग्रह गरे । मन्त्री खाँणले देवदह क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त पनि गरे।  कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं १ का सभासद घनश्याम यादवले राजनैतिक दलहरुले सहकार्य र सहमतिको राजनीति गर्न स्थानियस्तरबाट सिक्नुपर्ने बताउदै स्थानियस्तरमा भएका सहकार्यका प्रकृयाले नै विकासका कार्यहरु पुरा हुने बताए ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %