माओवादीद्वारा खानेपानी आयोजनाका अध्यक्षमाथि कुटपिट

Read Time:2 Minute, 0 Second

 लमजुङ,  १३ मंसिर
एकीकृत नेकपा माओवादीका कार्यकर्ताले पूर्वी लमजुङको ढोडेनीस्थित महबीर खानेपानी आयोजना निर्माण समितिका अध्यक्षमाथि कुटपिट गरेकाछन् ।
खानेपानी आयोजनाको ठेक्का वाईसीएललाई नदिएको भन्दै एकीकृत माओवादीको ढोडेनी गाउँ कमिटि प्रमुख बसन्त भारती र वाईसीएल कार्यकर्ता एवं माओवादीका पूर्व लडाकु नरेन्द्र गुरुङ सम्मिलित समूहले आयोजनाका अध्यक्ष शेरबहादुर बोगटीलाई कुटपिट गरेका हुन् ।
नेकपा एमाले जिल्ला कमिटि लमजुङको सल्लाहकार सदस्य समेत रहेका बोगटीको माओवादी कुटाईवाट नाक, टाउको, मुख, खुट्टा लगायतका ठाउँमा चोट लागेको छ । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
हिजो राती ९ बजेतिर ढोडेनी २ देउरालीमा रहेको जितबहादुर तामाङको घरमा खाना खाइरहेको बेला माओवादी र वाईसीएल कार्यकर्ताले घरमा घेरा हालेर कुटपिट गरेको पीडितले वताएकाछन् । बोगटीसंगै रहेका खानेपानी आयोजनाको ठेकेदार तार्कुघाट हर्राबोटका हरिप्रसाद धितालको मोवाईल समेत उनीहरुले लुटेर लगेकाछन् ।
घटनावारे एकीकृत माओवादी लमजुङका सेक्रेटरी मोहनहरि पौडेलले जानकारी नपाएको र उनीहरु एक आपसमा मदिरा पान गरि झगडा गरेको हुनसक्ने वताएकाछन् । उनीहरुको झगडा पहिलादेखिको भएको र मदिरा खाएर त्यहीँ झगडा गर्ने र त्यहीँ मिल्ने गरेको वताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %