मगरसंघको विवादले रत्यौलीको रुप किन लियो

Read Time:7 Minute, 0 Second

 

राजनीतिका कारण दुईटा मगरसंघ खोलिएको रुपन्दहेीमा ज्यान लिने दिने धम्की समेत शुरु हुन थालेकोछ । तर केन्द्रिय समिति मौनब्रत बसेर रमिता हेरिरहेकोछ ।  

गोविन्द घर्ति

यसै सिलसिलामा ११ मसंीरमा दल बहादुर विरकट्टा मगरको समुहले नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको मुखपत्र झेराक अंक ३ प्रकाशन गर्यो । सोही विषयलाई लिएर अहिले दुई मगर संघमा एक अर्कालाई आरोप प्रत्यारोप गर्ने अस्वस्थ क्रम शुरु भएकोछ ।
 झेराकको विषयलाई लिएर एम बहादुर थापा पक्षका सचिव हेमन्त थापामगरले दल बहादुर विरकट्टामगरको समुह अवैधानिक समिति भएको हुदा प्रकाशन नगर्न चेतानी दिएको दल बहादुर विरकट्टाको उपाध्यक्ष तथा झेराक पत्रिकाको सम्पादक टेक बहादुर पुनले बताएकाछन् ।  झेराक प्रकाशन गरेमा भौतिक र कानुनी कार्वाही गर्ने भन्दै सचिव हेमन्त थापाले धमक्याएका थिए । त्यस्तै गरि नेपाल मगर संघका  बुटवल नगरसमितिका पूर्व अध्यक्ष  रुप सिंह थापाले विरकट्टा समुहका कोषाध्यक्ष दुर्गा बुढाथोकीलाई फोन गरि मगर संघलाई भाड्ने तिमीहरुलाई भौतिक मात्रै होइन पुलिस प्रशासन लगाएर कानुनी कार्वाही गर्ने चेतावनी र धम्की दिएको समेत उनले बताएकिछन्  ।  
दल बहादुर विरकट्टाले  रुपन्देहीमा भएका मगर समुदायलाई आफनो पक्षमा पार्नको लागि मगर संघको झेराक प्रकाशन गरेको अध्यक्ष एम बहादुर थापाले  टिप्पणी गरे । सोही विषयमा एम बहादुर थापा समुहका सचिव हेमन्त थापासंग सम्पर्क गर्दा दल बहादुर विरकट्टाको समुह अवैधानिक भएको हुदा आफुले सचेत मात्र गराएको बताउछन् । थापाले अव पनि यस्तै अवैधानिक कार्यहरु गर्दै गएमा नेपाल मगर केन्द्रीय समितिसंग छलफल गरि कानुनी रुपमा कार्वाही गर्ने धम्कीपूर्ण भाषा समेत प्रयोग गर्छन ।
सोही विषयमा दल बहादुर विरकट्टा संग सम्पर्क गर्दा विरकट्टा भन्छन्, ‘गत पौषमा भएको नेपाल मगर संघ रुपन्देहीको १८ औं अधिवशेनका प्रतिनिधिहरुबाट म निर्वाचित भएको हुँ  । निर्वाचन आयोगबाट निर्वाचित समितिलाई अवैधानिक हो भन्नु गलत हो । बरु उहाँहरु  अवैधानिक निर्वाचन समितिले निर्वाचित गरेको समुह हो । विघट्न भएको अध्यक्षले निर्वाचन आयोग गठन गर्न मिल्छ ?’ नेपाल मगर संघको विधान अनुसार वहाहरु अवैधानिक रहेको र नेपाल मगर संघ केन्द्रीय समितिले आफूहरुलाई पुर्वाग्रही रुपमा हेरेको आरोप समेत बिरकट्टाको थियो ।
रुपन्देहीमा भएको अधिवेशनले बिरकट्टा समूहले अत्यधिक बहुमतले बिजय हासिल गरेपछि निर्वाचन आयोगका अध्यक्षले पुनस् थापाको अर्को समूह बनाइदिएकाथिए । उनले थापालाई निर्विरोध विजेता घोषणा गरिदिएकाथिए । एक प्रतिनिधिको भनाइमा एमाले र माओादीको नेतृत्वमा रहेको केन्द्रिय मगरसंघका प्रतिनिधिले रुपन्देहीमा आफ्ना पक्षधरलाई जिताउन नसकेपछि थापालाई उचालेकाथिए । रमाइलो के छ भने यी दुबै अध्यक्ष राष्टिय जनमुक्ति पार्टी सम्बद्ध हुन् ।
ति प्रतिनिधिका भनाईमा हरेक हत्कण्डा अपनाउदा पनि जनमुक्तिको बाहुल्य रहेको रुपन्देहीमा आफ्नो पक्षधरलाई अगाडि ल्याउन नसकेपछि यस्तो राजनीति केन्द्रबाटै गरिएकोछ । त्यसैको परिणति, यी दुई समूहबीच मारामार चलिरहेकोछ । यो अहिलेसम्म वाकयुद्धमा सिमित छ । मगरसंघका केन्द्रिय नेतृत्व भने यसरी मगर -मगरलाई भिडाएर रमिता हेरिरहेकोछ ।
गाउ स्तरमा रहेका मगरलाई राजनैतिक, सांस्कृतिक, भाषिक रुपमा सचेतना फैलाउने उदेश्यले गठन गरिएको  सामाजिक संस्था  मगर संघ भित्र राजनैतिक रुपमा संस्था चलाउन खोजिरहेकोले यस्तो अवस्था आएको बताइन्छ । सर्वसाधारण मगरहरुको भनाईमा यदि नेपामगर संघ सामाजिक संस्था हो भने  निस्वार्थ रुपमा सामाजिक संस्थाको रुपमा लैजानुपर्यो । यस्तो विवादले भाइ ‘फुटे गवाँर लुटे’ को अवस्था भैरहेकोछ । जगहसाइ भएकोछ ।
तर यसतर्फ न त केन्द्रले ध्यान दिएको देखिन्छ न यस्ता विवादमा रमाइरहेका दुई समितिले गम्भीर रुपमा मनन गरेको देखिन्छ । केन्द्रको यस्ता भाइ भाइलाई भिडाएर रमिता हेर्ने ब्यवहारले जाति भन्दा आफ्ना दलका योजना र नीति लागु गराउने कार्यकर्ताले हाँकेको जातीय संस्था अन्तत: खाडलमा नराम्ररी जाकिन्छ भन्ने दृष्टान्ट पेश गरेकोछ । यो उदाहरणले कामरेडहरु जति नै चर्का जातीय राग अलापेपनि अन्तत: आफ्नो दलको स्वार्थमा जातीय समूदायलाई लगेर शहिद बनाउछन् भन्ने प्रस्ट भएकोछ ।

 माथिको तस्वीरमा झेराक बिमोचन गरिदै:  तस्वीरमा बाँयाबाट क्रमश: अध्यक्ष बिरकट्टा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक सुरेन्द्र थापा मगर, समाजसेवी प्रेम गलामी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष शिवकुमार गुर्मछाने मगर र नेमसंघ रुपन्देहीका संस्थापक अध्यक्ष

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %