नेपालमा जन्मेका सवैलाई नागरिकता दिनुपर्दछ :सरिता गिरी

Read Time:1 Minute, 48 Second

काठमाडौँ, १३ मङ्सिर 

नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले नेपालमा जन्मेका सबै नागरिकलाई जन्मसिद्ध नागरिकताको प्रमाणपत्र दिनुपर्ने धारणा व्यक्त गरेकीछन्

    उक्त दलको दुईदिने कार्यकर्ता प्रशिक्षण गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले महिलाको मौलिक अधिकार तथा मधेसी समुदायको नागरिक अधिकार कटौती आफ्नो दललाई स्वीकार्य नहुने बताए ।

    तराईवासीको भावना समेट्न सके मात्र सङ्घीय लोकतान्त्रिक नेपालको भविष्य सुरक्षित हुने उल्लेख गर्दै अध्यक्ष गिरीले आगामी दिन पनि मधेसी समुदायलाई अधिकारबाट वञ्चित गराए देशकै अस्तित्व खतरामा पर्ने बताए ।

    सोही दलका उपाध्यक्ष रामवरण यादवले संविधानसभाको कार्यकाल एक वर्ष थप गर्दा पनि संविधान लेखनमा नेताहरूको ध्यान नगएकाले जनतामा नैराश्यता छाएको बताए ।
 ।

    सोही दलको महिला मञ्चकी अध्यक्ष आशा झाले विगतमा मधेसी समुदायलाई भेदभाव गरेर अधिकारबाट वञ्चित गराए पनि आगामी दिन  आफूहरू अधिकारका लागि सङ्घर्षरत् रहने बताए ।

    प्रशिक्षण गोष्ठीमा सङ्घीय लोकतान्त्रिक नेपालमा एक मधेस एक प्रदेशको औचित्य, नागरिकतालगायतका विषयमा प्रस्तुत कार्यपत्रमाथि छलफल गरिनेछ ।

 

 

 

 

 रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %