जीप दुर्घटनामा थप एकको मृत्यु

Read Time:1 Minute, 20 Second

दाङ, १३ मंसिर 

बाघमारेमा आइतबार भएको जीप दुर्घनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । शान्तिनगर ७ निबासी १८ बर्षिया खिमा रोकायाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पुरन्धाराको छहरामा लोकगितको छायाकंन गरी तुलसीपुर फर्किदै गरेका कलाकार वोकेको रा.१.ज ३५१ नम्वरको जिप वाघमारे २ अमुवामा पल्टींदा आइतवार दुई जनाको मृत्यु भएको थियो । दुर्घनामा परी वाघमारे ९ निवासी गायिका चन्द्रकला रोका र विजौरी ३ अक्कासी निवासी मनकला विसीको आइतवार बेलुकी उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते तीन जनाको बुटवलमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा गोल्टाकुरी ३ निवासी सन्ध्या डिसी, वाघमारे २ अमुवा निवासी सतार मियाँ र मुतार मिया रहेका छन । जिप बे्रक फेल भएर पल्टिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %