करेन्ट लागेर एक प्रहरीको ज्यान गयो

Read Time:1 Minute, 37 Second

नवलपरासी (गैँडाकोट), १३ मङ्सिर 

नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजमा विद्यार्थीहरुले गरेको आन्दोलनलाई रोक्ने प्रयाशमा लागेका एक प्रहरीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्यार्थीको आन्दोलन रोक्न गएका इलाका प्रहरी कार्यालय गँैडाकोटमा कार्यरत प्रहरी जवान अर्जुनकुमार कुँवरको मृत्यु भएको हो ।

कलेजको पर्खालसँगै रहेको विद्युतको हाइटेन्सन लाइनको करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक नवीन भण्डारीले जानकारी दिए ।

मृतक कुँवर गोरखा निवासी हुन् । करेन्ट लागी गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो ।

यही मङ्सिर १५ गतेदेखि हुन लागेको परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले नवलपरासीको गँैडाकोटमा रहेको अक्सफोर्ड कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

उनीहरुले आज कलेजमा तोडफोड पनि गरेका छन् । विद्यार्थीले गरेको तोडफोडका कारण कलेजका झ्यालका शिशा फुटेका छन् । अहिले कलेजपरिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %