एसएसबीको कुटाईबाट एक नेपाली गम्भीर घाइते

Read Time:1 Minute, 15 Second

रौतहट, १३ मङ्सिर 

भारतीय एसएसबीका जवानहरुको कुटपिटबाट आइतबार गम्भीर घाइते भएका एक नेपाली नागरिकको गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज लगिएको छ ।
    रौतहटको बन्जरहा गाविस वडा नं. ७ घर भएका मदनप्रसाद चन्द्रवंशीले दुई देशको सीमामा जोडिएको खेतमा गहुँको बीउ छर्न गइरहेको अवस्थामा गुवाबारी हीरापुर क्याम्पका एसएसबीका जवानहरुले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए ।
     क्याम्पका दुई जना एसएसबीका जवानले नियन्त्रणमा लिई कुटपिट गर्दा चन्द्रवंशीको देबे्र घुँडा समेत भाँचिएको छ र शरीरभरि निलडाम छ ।
    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले एसएसबी जवानहरुले कुटपिट गरेकोे विषयमा भारत पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेटसँग कुरा गरी दोषीलाई कारबाही गर्न लगाउन पहल गर्ने बताए ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %